यातायातमन्त्री महासेठ भए युटर्न, प्रधानमन्त्रीलार्इ भेटेपछि महासेठ व्यवसायीसँग आक्रामक

दिनेश खड्का/बिजमाण्डू
२०७५ बैशाख ७ गते १८:०२ | Apr 20, 2018
यातायातमन्त्री महासेठ भए युटर्न, प्रधानमन्त्रीलार्इ भेटेपछि महासेठ व्यवसायीसँग आक्रामक


काठमाडौं।भौतिक,पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलार्इ तत्काल आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन्।

Tata
GBIME
Nepal Life

शुक्रबार महासंघको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले आजै पत्रकार सम्मेलन गरेर हडतालका सबै कार्यक्रम फिर्ता लिएर आए मात्रै निर्देशिका संशोधनका बारेमा छलफल गर्न सकिने बताए।विहिबार सफ्ट रहेका महासेठ शुक्रबार भने यातायात व्यवसायीसँग आक्रामक देखिएका थिए।विहिबार प्रधानमन्त्री केपीशर्मा ओलीले महासेठलार्इ भेट्न बोलाएका थिए।त्यो भेटपछि महासेठ आक्रामक रुपमा प्रस्तुत भएका हुन्।विहिबार उनले सरकार र व्यवसायी नङ र मासुको सम्वन्ध रहेको भन्दै सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका थिए।

 ‘मन्त्रीपरिषदबाट नै निर्णय भएकाले सबै यातायात व्यवसायी कम्पनी ऐनमा आउनुको विकल्प छैन्’उनले भने ‘हामीले चाहेको भए एकै दिनमा यस्तो व्यवस्था गर्न सक्थ्यौं। यातायात क्षेत्र अस्तव्यस्त नहोस भनेर तीन महिनाको समय दिएका हौ।’उनले छिमेकी मुलुक बंगलादेश,पाकिस्तान लगायतका देशमा समेत कम्पनी ऐन अन्तर्गत सार्वजनिक यातायात सञ्चालन भएको बताउँदै कम्पनीमा गाडी चलाउँदा समिति भन्दा सहज हुने बताए।‘कम्पनीमा जान तपार्इँहरुको समस्या के छन्? जनताको सरकार भएकाले हामी वार्ताबाट समस्या समाधान गर्न चाहन्छौं।तर  पहिला बन्द फिर्ता लिनुहोस्’ उनले भने ।

सरकारले चैत १८ गते ‘यातायात व्यवस्थापन कार्यविधी निर्देशिका’जारी गर्दै देशभरबाट सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट हटाउने निर्णय गरेको थियो। महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले कम्पनीको मोडलमा जानुपर्ने विषयमा आन्दोलन गर्न नलागेको बताउँदै आन्दोलनको मूख्य कारण निर्देशिका भएको बताए।उनले निर्देशिका खारेज गरे आन्दोलनका कार्यक्रम फिर्ता लिने बताए।

मन्त्री महासेठले जारी भएको निर्देशिका फिर्ता नहुने अडान दोहोर्याए। ‘हामीले जारी गरेको निर्देशिका गीता.बाइबल,रामायण जस्ता कुनै परिवर्तन नै गर्न नमिल्ने धर्मग्रन्थ होर्इनन् तपार्इहरु सबै बन्द र हड्तालका कार्यक्रम फिर्ता लिनुस निर्देशिकामा तपार्इका उपयुक्त मागका संशोधन गर्छौ।‘उनले भने। महासेठले यातायात व्यवसायीले सहज सेवाका लागि सुधारका कार्यक्रम ल्याउन लागेको बताए।

‘मैले तपार्इहरुकै सुविधाका लागि अब घर नजिकैको बैकबाट नवीकरण लगायतको शुल्क तिर्ने व्यवस्था मिलाउन लागेको छु,यातायात क्षेत्रलार्इ व्यवस्थित बनाउन नीतिगत कमजोरीका बारेमा अध्ययन गरेर सुधार गर्दैछु’उनले भने।