एपेक्स बैंक घोटालामा पूरानो वसपार्कमा भ्यूटावर बनाउने मनोज भेटवाल पक्राउ, अब भ्यूटावर के हुन्छ

बिजमाण्डू
२०७५ बैशाख ३ गते १९:५६ | Apr 16, 2018
काठमाडौं।एपेक्स बैक घोटाला काण्डमा क बर्गका निर्माण व्यवसायी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सोमवार दिउँसो ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको हो। 
 
भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको व्यूरोका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। भेटवालले राजधानीका कलंकी लगायतका आकासे पुल निर्माणका लागि भन्दै इनोभेटिभ कन्सेप्ट नेपालका नामबाट बैक ऋण लिएको देखिएको छ। 
 
पुरानो बसपार्कमा बन्दै गरेको २१ तले भ्युटावरका ठेकेदार पनि हुन् उनी। व्युरोले अहिलेसम्म एपेक्स बैक काण्डमा २० जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। भेटवाल भने पक्राउ परेका ऋणी हुन्। व्यूरो ऋणीलाई पनि अनुसन्धान गरिरहेको छ। 

Tata
GBIME
Nepal Life