पाकिस्तानले राजधानी नजिक बनायो पहिलो अन्तराष्ट्रिय बिमानस्थल, नेपालले के सिक्ने?

बिजमाण्डू
२०७५ बैशाख १ गते १६:०८ | Apr 14, 2018
पाकिस्तानले राजधानी नजिक बनायो पहिलो अन्तराष्ट्रिय बिमानस्थल, नेपालले के सिक्ने?

Tata
GBIME
Nepal Life

६०को दशकमा पाकिस्तानको राजधानी कराँचीबाट इस्लामाबाद सारियो। त्यसबेलादेखि आजसम्म इस्लामावादबाट नजिक रहेको अर्को शहर रावलपिण्डीमा रहेको चकलाला एयरपोर्टको मात्रै प्रयोग हुँदै आएको थियो।


पछि यो एयरपोर्टको नाम परिवर्तन गरी बेनजिर अन्तराष्ट्रिय बिमानस्थल बनाइयो। यो एयरपोर्टले इस्लामाबादका अतिरिक्त पोठोहार, पाकिस्तान शासित कास्मिर, हजारा तथा आसपासका अन्य क्षेत्रकालागि हवाइ सुविधा दिने गरेको थियो।

रावलपिंडीको ग्रीसी लेनसँग जोडिएको चकलाला एयरबेसको एउटा खण्डले इस्लामाबाद बन्नुभन्दा पहिले देखिनै यो क्षेत्रका मानिसहरुकालागि हवाइ सेवा दिँदै आएको थियो।

यात्रुको आवतजावतकालागि स-साना टर्मिनलसहितको भवन पहिलेदेखि नै थियो। तर समय बित्तै जाँदा यो साँघुरो भयो र बिस्तारको आवश्यकता महसुस हुन थाल्यो।  बिस्तारै रावलपिण्डी शहरको जनघनत्व बढ्दै थियो।  यसकारण यो एयरपोर्ट चारैतर्फ बढेको आवादीबाट खुम्चियो। यसको बिस्तारको कुनै बिकल्प बाँकी नै रहेन। 

त्यसै स्थानमा बिस्तारको सम्भावना नै थिएन किनकी पर्याप्त जग्गा त्यहाँ उपलब्ध थिएन। अन्तराष्ट्रिय बिमानस्थलमा हुने कुनै पनि किसिमका सुविधा त्यस एयरपोर्टमा थिएन। एउटाभन्दा बढी हवाइजहाज आउने बित्तिकै इमिग्रेसनको लामो लाइन, ब्यागेज लिनकालागि गर्नुपर्ने प्रतिक्षा तथा इन्ट्री गेटमा लामो लाइन सामान्य हुन थाल्यो। 

तर ११ वर्षको लामो प्रतिक्षापछि अब इस्लामाबादले नयाँ अन्तराष्ट्रिय बिमानस्थल पाउने भएको छ। राजधानी इस्लामावादबाट ५० किलोमिटरको दुरीमा रहेको अटोक जिल्लाको फतेह जङमा नयाँ एयरपोर्ट निर्माणको सबै काम सम्पन्न भैसकेको छ। अप्रिल महिनामै यसको उद्घाटन हुने बताइएको छ।  सन् २००७ को अप्रिलमा नयाँ एयरपोर्टको तत्कालिन राष्ट्रपति परवेज मुसर्सफ तथा तत्कालिन प्रधानमन्त्री शौकत अजीजले गरेका थिए। 


यदि यसको निर्माणको योजनादेखि परियोजना निर्माणसम्पन्न हुनेसम्मको समय हेर्ने हो भने यो बिमानस्थलले पूर्णता पाउन तीन दशकको समय लागेको छ। 

इस्लामाबादको नयाँ बिमानस्थल हरेक पक्षबाट देशका सबै बिमानस्थलभन्दा ठूलो मात्र होइन सुविधासम्पन्न पनि छ।

बिमानस्थलसम्म जानकालागि ब्यापक सडक संजाल बनाइएको छ जसमध्ये कश्मिर हाइवेको मोटरवे लिंक रोडबाट जान सबैभन्दा सजिलो छ। 
नयाँ बिमानस्थलमा १५ वटा एयर ब्रिज रहेको छ जसको मद्दतले यात्रुहरु जहाजमा चढ्न र झर्न सक्नेछन्। चारतले टर्मिनल भवनमा बीचको तल्लामा फूड कोर्ट, सिमेमाघर तथा अन्य सुविधाहरु छन्।

यो पाकिस्तानको पहिलो ‘ग्रिनफिल्ड’ एयरपोर्ट हो। खाली जमीनमा पहिलोपटक बनाइएको एयरपोर्टलाई ग्रिनफील्ड एयरपोर्ट भनिन्छ। पाकिस्तानमा हालसम्म कुनै पनि अन्तराष्ट्रिय बिमानस्थल नयाँ रुपमा बनाइएको थिएन। यसैगरी कुनै पनि एयरपोर्ट एक स्थानबाट अर्को स्थानमा सारिएको थिएन पनि।

यस कारण यो बिमानस्थलको निर्माणलाई पाकिस्तानको हवाइ इतिहासमै ‘माइलस्टोन’का रुपमा ब्याख्या गरिएको छ।


एयरपोर्टले एकैसाथ ९ लाख हवाइयात्रुहरुलाई ह्याण्डल गर्न सक्ने गरी सुविधाहरु उपलब्ध गराएको जनाएको छ। एयरपोर्टका भवनको सबैभन्दा तल्लो तल्लामा यात्रुहरुको आउने ब्यस्था मिलाइएको छ।

एयरलाइन्स कम्पनीका अफिसहरु पनि तल्लो तलामा नै छन्। बाँकी एयरपोर्टको भन्दा फरक यसमा पहिला अन्तराष्ट्रिय यात्रुहरुको आउने बाटो छ। अन्तराष्ट्रिय यात्रुहरुको आउने बाटोपछि मात्र घरेलु यात्रुहरुको लागि आउने बाटो बनाइएको छ। 

यहि तलामा सामान प्राप्त गर्नकालागि ८ वटा बेल्ट बनाइएको छ जसबाट इस्लामाबाद पुगेपछि यात्रुहरुले आफ्नो सामान लिन सक्नेछन्। यो बेल्ट अन्तराष्ट्रिय तथा घरेलु यात्रुहरुकव बीचमा बाँडिएको छ। 

यसैगरी तेस्रो तलामा अन्तराष्ट्रिय तथा घरेलु यात्रुहरुको निस्कने ठाँउ रहेको छ जहाँ कार पार्किङबाट सिधै पुग्न सकिन्छ। 


यो दुई तलाको बीचमा अर्को एउटा तलामा यात्रुहरुकालागि बिभिन्न सेवाहरु उपलब्ध छ। पाकिस्तान इन्टरनेसनल एयरपोर्ट प्रशासनका अनुसार यो एयरपोर्टलाई उनीहरु आफ्नो हब बनाउन चाहन्छन् जसबाट देशको बाहिरको अत्यधिक उडानहरु गर्न सकियोस्।

यात्रुहरुकालागि दोस्रो तलामा बिभिन्न रेष्टुरेन्ट तथा पसलहरु राखिएका छन्। यात्रुका मोबाइल फोन चार्ज गर्नकालागि बायोम्याट्रिक मोबाइल चार्जिङ क्याबिनेट बनाइने बताइएको छ। 

यो बिमानस्थलको टर्मिनल भवनमा एउटा फोरस्टार होटल पनि छ । ट्रान्जिटका यात्रुहरुले यो होटलको प्रयोग गर्न मिल्ने बताइएको छ।