नविल बैंकले पोखरामा प्रादेशिक कार्यालय खोल्यो, पोखरामै खोल्यो दुर्इवटा शाखा

रासस
२०७४ चैत्र १ गते २१:०३ | Mar 15, 2018
पोखरा।नविल बैंकले आफ्नो प्रादेशिक कार्यालय पोखरामा स्थापना गरेको छ ।
 
पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले आज कार्यालयको उद्घाटन गर्दै महानगरलाई स्वरोजगारको शहरका रुपमा विकास गर्ने योजना रहेको बताए।बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले नविल बैंकले आजै पोखराको न्यूरोड शाखाको प्रदेश नं ४ को प्रादेशिक कार्यालयका साथै तालचोक बगर र अमरसिंह चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको जानकारी दिए।
 
बैंकका कावा प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिने र  आगामी दिनमा देशभर नै शाखाको सञ्जाल बढाउँदै लगिने बताए। बैंकका नायब महाप्रबन्धक रमेशप्रसाद लोहनीका अनुसार बैंकले ६२  शाखाको बृहत् सञ्जाल, १०५ एटिएमका साथै एक हजार ५०० भन्दा बढी नविल रेमिट एजेन्टका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टमार्फत सेवा प्रवाह गर्दै अघि बढिरहेको छ । पोखरामा बैंकले विसं २०५३ देखि निरन्तर सेवा दिँदै आएको छ ।
 

Tata
GBIME
Nepal Life