सिन्धु विकास बैंकको नयाँ शाखा दोलाखा र सिन्धुपाल्चोकमा, योसँगै बैंकको शाखा संख्या १२ पुग्यो

बिजमाण्डू
२०७४ फागुन २९ गते १४:२२ | Mar 13, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। सिन्धु विकास बैंकले एकै पटक दोलखाको सिङ्गटी र सिन्धुपाल्चोकको सिलढुङ्गामा शाखा कार्यालय विस्तार गरेको छ।

सिन्धुपाल्चोकमा केन्द्रिय कार्यालय रहेको बैंकले दोलखा र काभ्रोपलाञ्चोकमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। नयाँ शाखा कार्यालय संचालनमा आए सँगै बैंकको शाखा कार्यालय १२ वटा पुगेको छ।