एनआइसीसँग कारोबार नगर्ने संघको निर्णयमा राष्ट्र बैंकले भन्यो- ‘उनीहरुको कुरा उनीहरु नै जानुन्’

बिजमाण्डू
२०७४ फागुन २५ गते १५:३८ | Mar 9, 2018
काठमाडौं। एनआइसी एसिया बैंकसँग कुनै पनि प्रकारको अन्तर बैंक कारोबार नगर्ने भएको सहमति बारे बैंकर्स संघले राष्ट्र बैंकलाई जानकारी गराएको छ। संघसँग भएको सहमति बिपरित एनआइसी एसियाले बैंकिङ अभ्यास गरेको भन्दै अन्तर बैंक कारोबार नगर्ने संघको कार्यसमितिले शुक्रबार निर्णय गरेको थियो।
 
गत शुक्रबार एनआइसी एसिया सहितको बैठकमा बैंकर्स संघले बचत खातामा ८ र मुद्दती खातामा ११ प्रतिशतभन्दा वढि ब्याज नदिने सहमति गरेको थियो। यो सहमति विपरित एनआइसी एसियाले बचतमा १० र मुद्दतिमा १२ प्रतिशत ब्याज दिएपछि संघको आज बसेको आकस्मिक बैठकले एनआइसीसँग कुनै पनि प्रकारको अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको छ।
 
संघले गरेको निर्णयप्रति आँफूहरुको कुनै धारणा नहुने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभागका कार्यकारी निर्देशक नारायण पौडेलले बैंकहरुबीचको कुरा उनीहरुले नै मिलाउनु पर्न बताए। 
 
'बैंकरबीचको कुरा हो। हामीले ब्याज यति राख र उति राख भनेर केही भन्नेा कुरा आउँदैन,' उनले भने, 'उनीहरुबीचको सहमति हो। कसैले पालना गर्यो कसैले गरेन भनेर हामीले हेर्ने कुरा आउँदैन। यसमा हामीले कानुनी रुपमा गर्नु पर्ने कुरा पनि केही हुँदैन।' 

Tata
GBIME
Nepal Life