अशोक लेलैंडको ट्रकलाई ट्रक अफ दि एयर २०१८ अवार्ड, दिल्ली अटो शोमा पुरस्कृत

बिजमाण्डू
२०७४ फागुन ३ गते १९:०४ | Feb 15, 2018
अशोक लेलैंडको ट्रकलाई ट्रक अफ दि एयर २०१८ अवार्ड, दिल्ली अटो शोमा पुरस्कृत

Tata
GBIME
Nepal Life

काठमाडौं। अशोक लेलैंडको कमर्सियल भेइकल मोडल ३७१८ प्लस एचसिभीले भारतमा अवार्ड प्राप्त गरेको छ। दक्षिण भारतको फ्लाई ह्विल नामक अटोमोटिभ मिडिया कम्पनीले यो मोडललाई ट्रक अफ दि एयर २०१८ को अवार्ड दिएको छ।

यो पुरस्कार अशोक लेलैंडका प्रबन्ध निर्देशक विनोद के दसारीले भारतको नयाँ दिल्ली अटो एक्सपो २०१८ मा ग्रहण गरेका छन्।

नेपालमा आइएमई अटोमोटिभ्सले अशोक लेलैंडका सवारी साधन बिक्री गर्दै आएको छ। कम्पनीका विभिन्न मोडलका बस तथा ट्रक नेपाली बजारमा उपलब्ध रहेको जनाइएको छ।