बचत खातामा ९.५% ब्याज पुग्यो, मुद्दतिमा ११% माथि जान नपाउने भएपछि कुमारीको बीचको बाटो

बिजमाण्डू
२०७४ फागुन ३ गते १०:३७ | Feb 15, 2018
काठमाडौं। मुद्दति निक्षेपको ब्याज दर ११ प्रतिशतभन्दा माथि दिन नपाउने सहमति गरेपछि बैंकहरुले बीचको बाटो प्रयोग गरेर बचत खाताको ब्याज दर बृद्धि गर्न थालेका छन्।
 
कुमारी बैंकले साढे नौं प्रतिशत ब्याज दर दिने गरी बचत खातामा नयाँ स्कीम ल्याएको छ। बैंकले 'नागरिक बचत खाता' भन्दै साढे नौं प्रतिशत ब्याजको निक्षेप स्किम ल्याएको हो।
 
बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले एक महिनाअघि नै मुद्दति निक्षेपमा ११ प्रतिशतभन्दा बढि ब्याज दिन नपाउने भन्दै सहमती गरेका थिए। अप्ठेरो परेको बैंकले ११ प्रतिशतभन्दा केही माथि जान सक्ने गरि दर तय गर्न संघले समिति पनि गठन गरेको थियो।
 
यद्यपी संघले तोकेकोभन्दा बढि केही बैंकले ब्याज दिन थालेका छन्। तर कुमारी बैंकले भने मुद्दतिको भद्र सहमतिलाई नलत्याइ बीचको बाटोबाट बचत खातामा ब्याज वृद्धि गरेको हो। अब कुमारीले कल डिपोजिटमा साढे सात प्रतिशतसम्म ब्याज दिएर पैसा लिन पाउँछ। बजारमा बैंकहरुको बचतको ब्याज दर नौं प्रतिशतसम्म पुगेको थियो।
 
कुमारी बैंकको साढे नौं प्रतिशतको स्कीममा सहभागी हुनका लागि कम्तिमा १० रुपैयाँको खाता खोल्नु पर्छ। खाता खोल्नेले निशुल्क इन्टरनेट बैंकका साथै लकर सुविधामा ५० प्रतिशत छुट पाउने छन्। साथै एक बर्षसम्मका लागि निशुल्क मोबाइल बैकिङ र भिसा डेबिट कार्ड पनि उपलब्ध हुने छ।

Tata
GBIME
Nepal Life