शाश्वत धाममा ‘बुद्धिष्ट सेन्टर’ स्थापना हुने, गौतम बुद्धको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न




काठमाडौं। नवलपरासीको शाश्वत धाममा ‘बुद्धिष्ट सेन्टर’ स्थापना हुने भएको छ। आगामी वैशाख पूर्णिमाका दिन उद्घाटन गरिने उक्त सेन्टर निर्माणको काम अहिले तिब्र गतिमा भइरहेको छ। 
 
सोमबार शाश्वत धाम परिसरमा आकर्षक स्वरूपमा स्थापना गरिएको भगवान गौतम बुद्धको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न भएको छ। बौद्ध धर्मका ९ जना गुरूहरुले विधिवत पूजा अर्चना गरि प्राणप्रतिष्ठा सम्पन्न गरिएको हो। शाश्वत धाममा दर्शन एवं भ्रमणमा आउने भक्तजनहरूका लागि आठ फिट अग्लो उक्त बुद्ध मूर्ति थप आकर्षक हुनेछ। 


 
बुद्धिष्ट सेन्टरमा बुद्ध धर्मसँग सम्वन्धित ऐतिहासिक एवं पुरातात्विक महत्वका दुर्भल वस्तुहरूको संग्रह रहनेछ। बुद्ध धर्मका अनुसन्धाता, अनुयायी एवं धार्मिक पर्यटकहरूका लागि यो सेन्टर विशेष महत्वको रहनेछ।
 
‘शाश्वत धामलाई सनातन धर्मको विशेष पावन भूमिका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ। सनातन धर्ममा विश्वास राख्ने विश्वभरका अनुयायीका लागि यो गर्व गर्न लायक स्थान बनाउन सकियोस् भन्ने सोंचका साथ हामी शाश्वत धामको विकास गरिरहेका छौँ,' शाश्वत धामका फाउण्डिङ ट्रष्टी विनोद चौधरीले भने, ‘अहिले हामी यहि सोचलाई व्यवहारमा रूपान्तरण गरिरहेका छौँ।' 
 
बुद्धिष्ट सेन्टरसँगै शाश्वत धाममा बौद्ध धर्मसँग सम्बन्धित शिक्षा पनि शुरू गरिनेछ । यसअघि स्थापित गुरूकुलमा विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । 
 
यसअघि शाश्वत धाममा एकाम्बरेश्वर महादेवको मन्दिर, धार्मिक संग्राहलयलगायत हिन्दू धर्मसँग सम्वन्धित सम्पदाहरू निर्माण भइसकेका छन्। विगत ११ महिनामा १२ लाख भक्तजनहरूले शाश्वत धामको दर्शन एवं अवलोकन भ्रमण गरिसकेका छन् । 
 
फागुन पहिलो साता बसन्त महोत्सव हुदै 
आगामी फागुन ३ र ४ गते शाश्वत धाममा ३५ औं ‘बसन्त महोत्सव’ गर्न लागिएको छ । शाश्वत धाम र श्री राणी सतीजी मन्दिर, झुन्झुनबीचको सहकार्यका यो महोत्सव आयोजना गर्न लागिएको हो।

उक्त महोत्सवका लागि श्री राणी सतीजी मन्दिरबाट राणी सतीजीको मूर्ति र अखण्ड ज्योति शाश्वत धाममा ल्याइनेछ । उक्त धार्मिक यात्रा शुरू भइसकेको छ । उक्त अवसरमा भारतबाट कम्तिमा दुई हजार भक्तजनहरूका लागि शाश्वत धाममा आवासीय व्यवस्था मिलाइएको छ ।
 
महोत्सवको पहिलो दिन फागुन ३ गते हात्ती, घोडा, रथ, पञ्चै बाजा, भजनकिर्तन र विभिन्न झाँकीसहित शोभायात्रा गरिनेछ । नारायणघाटदेखि शुरू हुने उक्त शोभायात्रा शाश्वत धाममा पुगेर टुंगिनेछ । महोत्सव अवधीभर शाश्वत धाममा भजन कीर्तनलगायतका विशेष कार्यक्रमहरू आयोजना गरिनेछन् । यो महोत्सवसन् १९८४ मा कोलकाताबाट शुरु भएको हो । यो ३५ औं वसन्त महोत्सव हो ।  


Share this Story

   

शाश्वत धाममा ‘बुद्धिष्ट सेन्टर’ स्थापना हुने, गौतम बुद्धको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.