गाउँमा गएर काम गर्नेलाई जागिरको अवसर: जनसेवी लघुवित्तले माग्यो २१ जना कर्मचारी

बिजमाण्डू
२०७४ माघ २३ गते १०:२१ | Feb 6, 2018
काठमाडौं। जनसेवी लघुवित्त वित्तीय संस्थाले केन्द्रीय कार्यालय कुश्मामा २१ जना कर्मचारी माग गरेको छ। संस्थाले एक जना नवौं तहमा विभागीय प्रमुखको लागि सहायक प्रवन्धक, एक जना सातौं तहको अधिकृत, एक जना छैठौं तहको सहायक अधिकृत, एक जना पाचौं तहको बरिष्ठ सहायक, दुर्इ जना चौथो तहको सहायक र १५ जना तेस्रो तहको कनिष्ठ सहायकको लागि विज्ञापन खुला गरेको छ। 
 
कनिष्ठ सहायकको लागि एसएलसी पास गरेकाले पनि आवेदन दिन पाउने छन् भने अन्यको लागि आवस्यक शैक्षिक योग्यता र अनुभव हुनु पर्ने संस्थाले जनाएको छ।
 
आवेदकले फागुन ८ गतेसम्म संस्थाको केन्द्रीय तथा शाखा कार्यालयमा निवेदन दिन सक्ने छन्। 
 

Tata
GBIME
Nepal Life