घटेका बेला शेयर किन्नेले पनि पाउन छाडे, लगानीकर्ता ‘होल्ड’ गर्ने मुडमा, कारोबार र सुचक घट्यो

बिजमाण्डू
२०७४ माघ ३ गते १५:३४ | Jan 17, 2018
काठमाडौं। बजार क्रमिकरुपमा घट्दै गर्दा शेयर बेच्ने भन्दा किन्नेहरु बढ्न थालेका छन्। किन्न खोज्दा पनि शेयर पाउन छाडेको छ। 

Tata
GBIME
Nepal Life

बुधबार नेप्से ७.१९ अंकले ओरालो लाग्दा करोबार भने ४० करोड ४८ लाख रुपैयाँको भएको छ। बुधबार बजार सुरुबाटै घट्न थालेको थियो। १२:३९ बजेसम्ममा १३९९.५८ अंकमा झरेको बजार विस्तारै बढ्दै ४५ मिनेटमा १४०७ अंकसम्म पुग्यो। त्यसपछि विस्तारै केहि तलमाथि हुँदै अन्तमा १४०६.५२ अंकमा पुगेर रोकियो। 

 
बजार तल झरेको बेलामा अलिकति भएको पैसा शेयरमा लगाउन खोज्नेहरुले किन्न अवशर पाउन सकेका छैनन्। अल्पकालीन लगानीकर्ताको भरमा बजार चल्दै गर्दा कारोबार रकम पनि धेरै नै कम हुने गरेको छ। बजारमा वास्तविक लगानीकर्ता नआउँदा शेयर कारोबार कम भएको लगानीकर्ता दिलिप मुनाकर्मीले बताए। 
 
बजारलार्इ सबैभन्दा धेरै असर बैंकको बढ्दो ब्याजदरले गरेको छ। नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय ब्याजदर स्थायित्वका लागि अलमलमा परेको बजार विश्लेषक अनलराज भट्टराइले बताए। 
 
बजारमा तरलताको समस्या हो कि होइन भन्नेमा आफै अलमलमा परेका दुबै निकायले समयमा संवोधन नगर्दा प्रत्यक्ष असर लगानीकर्तामा पर्न थालेको उनले जानकारी दिए। पछिल्लो समयमा बैंकको कर्जा  निक्षेप अनुपात सिसिडी रेसियोमा नै समस्या परेको बैंकहरुले बताउँदै गर्दा तरलताको समस्या हो कि होइन भनेर बस्नु जायज नभएको उनले बताए। बजार १४ सय अंकमा आउदा पनि केहि सोचिएन भने बजारको लागि राम्रो नहुने उनले बताए।
 
बुधबार सबैभन्दा धेरै सानिमामाइ हाइड्रोपावरको १२ करोड २० लाख रुपैयाँको कारोबार भएको छ। आरएसडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबै भन्दा धेरै ५.२७ प्रतिशतले कमाएका छन् भने अपि पावर कम्पनीका शेयरधनीले ३.५७ प्रतिशतले गुमाएका छन्।