एभरेष्ट इन्स्योरेन्सको शेयर लगातार किन घटिरहेको छ? शेयर घट्नुमा यस्तो छ कारण

बिजमाण्डू
२०७४ पुष २६ गते १८:०३ | Jan 10, 2018

काठमाडौं। एभरेष्ट इन्स्योरेन्सको शेयर लगातार दुर्इ दिनदेखि १० प्रतिशतका दरले ओरालो लागेको छ। यसको असर बुधवारको शेयर बजारमा पनि देखियो।

Tata
GBIME
Nepal Life

कम्पनीले निष्काशन गर्न लागेको ६ सय प्रतिशत हकप्रदको लागि धितोपत्र बोर्डले निष्काशन अनुमतिको लागि बीमा समितिसँग राय मागेपछि बजार घट्न थालेको हो।नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष डा. आत्मराम घिमिरेले कम्पनीको हकप्रद निष्काशन अन्यौंल देखिएकोले लगानीकर्ता डराएको बताए।

एभरेष्टले बीमा समितिको निर्देशिका अनुसार नभएकोले राय मागिएको बोर्डका निर्देशक निरन्जय घिमिरेले जानकारी दिए। समितिको रायपछि मात्र बोर्डले अनुमति दिने उनले बताए।

विवाद के हो?
एभरेष्टका संस्थापक शेयरधनी छैनन्। कम्पनीमा संस्थापक शेयरधनी नभएकोले बोर्डले समितिसँग राय मागेको हो। बोर्डले राय मागेपछि दोस्रो बजारमा गलत हल्ला फिजाएर बजार घटाउन खोजिएको कम्पनीका सहायक महाप्रवन्धक जीवन प्रसार्इले बताए।

कम्पनीको संस्थापक शेयरधनीले कम्पनीको शेयर धेरै अघि बेचिसकेको उनले बताए।प्रसार्इका अनुसार समितिले निर्देशन जारी गर्नु पूर्वनै शेयर संरचना परिवर्तन भएको बताउँदै त्यसलार्इ संचालक समितिले समेत सदर गरिसकेको दाबी गरे।

समितिका निर्देशक राजुरमण पौडेलका अनुसार कम्पनीको शेयर संरचना पहिलेनै परिवर्तन भएकोले अध्ययन गरेर निर्णयमा पुगिने बताए। समितिको निर्देशिका अनुसार बीमा कम्पनीको संस्थापक शेयर धनीको शेयर अनुपात अधिकतम ७० प्रतिशत र न्यूनतम ५१ प्रतिशत हुनुपर्ने छ भने सर्वसाधारण समुहतर्फ न्यूनतम ३० प्रतिशत र अधिकतम ४९ प्रतिशत हुनुपर्ने प्रावधान छ।