काठमाडौंमा ठूला बस चलाउने प्रतिस्पर्धा, बाबा गोकर्णेश्वरले थप्यो १० वटा ठूला बस

बिजमाण्डू
२०७४ पुष २५ गते १३:१७ | Jan 9, 2018
काठमाडौंमा ठूला बस चलाउने प्रतिस्पर्धा, बाबा गोकर्णेश्वरले थप्यो १० वटा ठूला बस

काठमाडौं।राजधानीको भित्री रुटमा बस सेवा सञ्चालन गरिरहेको बाबा गोकर्णेश्वर यातायात अटोले १० वटा ठूला बस थपेको छ। टाटा गाडी नेपालका कन्ट्री डाइरेक्टर इन्द्रजीत सिंहले बस सेवाको शुभारम्भ गरे।

Tata
GBIME
Nepal Life

समितिका अनुसार नयाँ रुट इजाजत नलिर्इसकेकाले थपिएका बस पनि पुरानै रुटमा चल्नेछन्। पाँच वटा बस माकलवारीबाट नारायणटार-जोरपाटी-बौद्ध-चावहिल-गौशाला-कोटेश्वर हुँदै चक्रपथ परिक्रमा गरेर चावहिल आएर सोही रुट माकलवारी फिर्ता हुन्छन् । पाँच वटा बस माकलवारीबाट-नारायणटार-जोरपाटी-चावहिल-गोपीकृष्ण-बसुन्धरा हुँदै चक्रपथ परिक्रमा गरेर चावहिल आएर सोही रुट माकलवारी फिर्ता हुन्छन्।कम्पनीले रत्नपार्कसम्म सेवा दिने जनाएको छ।

कम्पनीका सोही रुटमा २७ वटा बस सञ्चालनमा थिए।अहिले १० वटा बस थपिएपछि बसको संख्या ३७ पुगेको छ।कम्पनीका अनुसार तीनवटा बस खरिद प्रक्रियामा रहेको कम्पनीले जनाएको छ।कम्पनीका सचिव रोशनबाबु श्रेष्ठले बाबा स्मार्ट कार्डको प्रयोग भाडा तिर्ने व्यवस्था मिलाउन लागेको बताए। करिव ९बर्षदेखि साना निलो माइक्रो सञ्चालनमा रहेको उक्त भित्री  रुटमा गत चैतदेखि ठूला बस संचालनमा आएको थियो।

कस्तो छन् थपिएका बस ?
टाटा कम्पनीका प्रोडक्ट हेड कृष्ण चन्दले गाडीमा एभिएस प्रणाली जडान गरिएको हुनाले सुरक्षित रहेको बताए।

बसमा फराकिलो ढोका छ ।अगाडी र पछाडी दुर्इवटा सीसी क्यामेरा जडान गरिएको छ बस फराकिलो र ह्याङगर स्ट्रयाम्प राखिएकाले उभिएर समेत यात्रा गर्न सकिने कम्पनीले जनाएको छ। यात्रा अवधीभर मनोरञ्जन दिनका लागि बसमा एलइडी टीभी राखिएको छ।