शेयर बजार घट्ने क्रम रोकिएन, साढे १७ अंकले झर्यो बजार, तीन दिनमा २६ अंक तल सुचक

बिजमाण्डू
२०७४ मंसिर २६ गते १५:५८ | Dec 12, 2017
काठमाडौँ। शेयर बजार घट्ने क्रम अझै रोकिएको छैन। साताको पहिलो दिनबाटै घट्न थालेको शेयर बजार मंगलबार दोहोरो अंकले तल झरेको छ।
 
नेपाल स्टक  एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १७.५४ अंकले घटेर १५१०.२१ अंकमा ओर्लिएको छ। तीन कारोबार दिनमा बजार २६.३३ अंकले घटिसकेको छ। निर्बाचन अघि गत बुधबार बजार १५३६.५४ अंकमा रहेको थियो। 
 
कारोबारको सुरुवाति आधा घण्टामा शेयर बजारमा २ अंकले बढेको थियो। त्यसपछि लगातार घटेको शेयर दुई बजे सम्हालिन खोजे पनि कारोबारको अन्तिम आधा घण्टामा घटेर बन्द भएको हो।
 
दिनभरमा १५७ कम्पनीका ११ लाख ८० हजार कित्ता शेयर किनबेच भएका छन्। ६६ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भएको छ। अघिल्लो दिनको कारोबारको तुलनामा २० करोड रुपैयाँ बढि हो। सबैभन्दा बढी ग्लोबल आइएमइ बैंकको पाँच करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ।
 
कारोबारमा आएका कम्पनीहरुका १० उपसूचकमा नौ उपसूचक घटेका छन्। सबैभन्दा बढी काबेली विकास बैंकका शेयरधनीले करिब नौ प्रतिशत कमाएका छन्। राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले करिब ६ प्रतिशत गुमाएका छन्। 

Tata
GBIME
Nepal Life