शुक्रबारदेखि ब्ल्याक फ्राइडे सेल सुरु, उपहारमा दुबाइ भ्रमण प्याकेज

बिजमाण्डू
२०७४ मंसिर ७ गते १०:५१ | Nov 23, 2017
शुक्रबारदेखि ब्ल्याक फ्राइडे सेल सुरु, उपहारमा दुबाइ भ्रमण प्याकेज
काठमाडौं। दराज डटकमले शुक्रबारदेखि व्ल्याक फ्राइडे सेल योजना सुरु गरेको छ। दराज डटकम केमुबाट रुपान्तरण भएको अनलाइन विक्रेता हो। दराज डटकममा सुचिकृत विक्रेताले उक्त योजना अवधिभर हरेक सामानमा ७० प्रतिशत छुट दिने छन्। 
 
ग्राहकले व्ल्याक फ्राइडे योजना अवधिभर लत्ताकपडा, विद्युतीय सामाग्री, घरायसी उपकरण, मोवाइल फोन, सौन्दर्यका सामान सुपथ मूल्यमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
 
कम्पनीका अनुसार दराजको एन्ड्रोइड र एप्पल एप्सबाट सहभागिता जनाउन सक्नेछन्। २४ नोभेम्बरदेखि २८ नोभेम्बरसम्म लाग्ने चार दिने मेलामा ग्राहकले ३ सय भन्दा बढी प्रख्यात ब्राण्डका उत्पादन खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। 
 
मेलामा ४० हजार रुपैयाँ बराबरको ल्यापटप खरिद गर्ने पहिलो ५० जनाले छ महिनाको लागि वर्ल्ड लिंकको २५ एमविपीएस इन्टरनेट निशुल्क पाउनेछन्।
 
ग्राहकले दुबाइ भ्रमणको होलिडे प्याकेज सस्तो मूल्यमा पाउनसक्नेछन्।
 
मेलामा ग्राहकले २१ हजार रुपैयाँमा युएमआई डिजीको क्रिष्टल फोरजी स्मार्टफोन खरिद गर्न सक्नेछन् भने नोकिया ८ स्मार्टफोनको अग्रिम बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ।
 
मेला सुरु भएको १ घण्टामै एक हजार रुपैयाँभन्दा बढीको सामान किन्नेमध्ये एक जोडीले ४ रात ५ दिनको दुबाइ भ्रमणको अवसर पाउनेछन् भने पच्चिस सयभन्दा माथिको सामान किन्ने ग्राहकले थप पाँच सयको सामान किन्ने कुपन पाउने प्रावधान राखिएको छ। उपहार योजनामा ४५ हजार रुपैयाँ बराबरको गहना र राराताल भ्रमण प्याकेज राखिएको छ। 
 
नोकिया ८ द्वारा प्रायोजित व्ल्याक फ्राइडे सेललाई वर्ल्ड लिंक, युएमइ, डिजी, फ्लाइ दुबाइ, समिट एयर, वन ग्लोब ट्राभल्स र नेपाल इन्भेष्टमेन्ट बैंकले सहप्रायोजन गरेका छन्। 
 

Tata
GBIME
Nepal Life