हुवावेको नोभा-२ आर्इ स्मार्टफोन नेपाली बजारमा, ३३ हजार ९ सय मूल्यको मोबाइलमा यस्ता छन् विशेषता

बिजमाण्डू
२०७४ कात्तिक २९ गते १५:४० | Nov 15, 2017
हुवावेको नोभा-२ आर्इ स्मार्टफोन नेपाली बजारमा, ३३ हजार ९ सय मूल्यको मोबाइलमा यस्ता छन् विशेषता

काठमाडौं।हुवावेले नोभा-२ आर्इ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ।हुवावेको नेपालका लागि अधिकृत विक्रेता कल मोबिलिटीले ल्याएको यो मोबाइलमा फ्रन्ट र ब्याक गरि ड्युअल लेन्सयुक्त चार वटा क्यामरा छ।

Tata
GBIME
Nepal Life

यो क्यामरा एकै पटक चलाउन सकिने कम्पनीले जनायो।कम्पनीका अनुसार मोबाइलको अगाडि १३ एमपी तथा २ एमपी प्रिमियम सेल्फी क्यामरा छ।यो क्यामराबाट पोट्रेट फोटोग्राफीका साथै टुनाइट फ्ल्यास स्टुडियो क्वालिटीको फोटो निकाल्न सकिने कम्पनीले जनाएको छ।मोबाइल सेटभित्र रहेको १६ एमपी आरजीबी सेन्सरले स-साना दृश्यलार्इ पूर्ण रुपमा कैद गर्न सहयोग पुर्याउने कम्पनीले जनायो।कम्पनीका अनुसार दुर्इ एमपी आरजीबी लेन्सले गहिरार्इमा गएर दृश्यहरु समेट्छ।

क्यामरामा पोट्रेट मोड,वाइड अर्पेचर मोड र मोसन मोड रहेको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार मोबाइलमा ८ कोर किरिन ६५९ चिपसेट, चार जीबी र्याम र ६४ जीबी रोम लगायतका विशेषता छन्।फिंगर प्रिन्ट सेन्सर भएको यो मोबाइलमा ग्राफिक ब्ल्याक तथा प्रेस्टिजियस गोल्ड गरि दुर्इवटा रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार ५.९ इन्चको फूलभ्यू डिस्प्ले,८३ प्रतिशत स्क्रिन तथा सफा र उज्यालो तस्विर हेर्न १८:९ वाइड स्क्रिन छ।

हुवावेका प्रवक्ता जोयसले अहिलेको पुस्तालार्इ लक्षित गरेर अत्याधुनिक सुविधासहितको मोबाइल बजारमा ल्याएको बताए।उनले पहिलोपटक चार वटा क्यामरा भएको मोबाइल फोन ल्याएको बताउँदै अविश्वसनीय प्रदर्शन ,स्टाइलिस डिजाइन भएको मोबाइल नेपाली उपभोक्ताले रुचाउने दाबी गरे।कल मोबिलिटीका निर्देशक पुल्कित भीमसरियाले चार वटा क्यामरा भएको मोबाइल फोन क्रान्तिकारी सिर्जना भएको बताउँदै मूल्यका आधारमा राम्रो बिक्री हुने दाबी गरे।यो मोबाइलको मूल्य ३३ हजार ९ सय रुपैयाँ तोकिएको छ।