दशैमा घर जाँदा हुण्डार्इका गाडी मर्मतका लागि हार्इवे एसुरेन्स, ८ स्थानमा रहनेछ चेक प्वाइन्ट

बिजमाण्डू
२०७४ असोज ८ गते १८:१३ | Sep 24, 2017
दशैमा घर जाँदा हुण्डार्इका गाडी मर्मतका लागि हार्इवे एसुरेन्स, ८ स्थानमा रहनेछ चेक प्वाइन्ट
काठमाडौं।नेपालका लागि हुण्डार्इ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबारदेखि दशैका लागि हार्इवे एसुरेन्स सेवा सुरु गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले आफ्ना ग्राहकका लागि राजमार्गका विभिन्न स्थानमा फ्रि चेक अप प्वाइन्ट संचालनमा ल्याउनेछ।त्यो प्वाइन्टमा हुण्डार्इका गाडी निशुल्क चेकअप गर्न पाइने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।कम्पनीका अनुसार फ्रि चेकअप प्वाइन्टमा आवश्यक लुब्रिकेन्ट र कुलान्टको मात्रा कम भएमा निशुल्क थप गर्नेछ।
 

कम्पनीले राजमार्गको काँकडभिट्टा, इटहरीको मिलन चोक, हेटौडाको बैंक रोड, सिद्धार्थ रिसोर्ट चुम्लिङ्गटार, भरतपुर बाल मन्दिर चोक, बुटवलको चौराहा, कोहलपुर चोक र  धनगढी रोडमा फ्रि चेक अप प्वाइन्ट हुने जनाएको छ।कम्पनीले चेक प्वाइन्टको अतिरिक्त २० किलोमिटर दूरीसम्म रोडसाइड एसिसमेन्ट पनि रहने जनाएको छ।कम्पनीका अनुसार सोमबारदेखि विहिबारसम्म विहान १० बजेदेखि साँझ ६ बजेसम्म यो चेक अप प्वाइन्टमा गाडी चेकअप गर्न मिल्नेछ।