विमानस्थल निर्माणसँगै रुपन्देहीमा होटल खोल्ने होड, दुर्इ वर्षमै हजार होटल थपिए

बिजमाण्डू
२०७४ असोज ७ गते १३:१३ | Sep 23, 2017
विमानस्थल निर्माणसँगै रुपन्देहीमा होटल खोल्ने होड, दुर्इ वर्षमै  हजार होटल थपिए
रुपन्देही। रुपन्देहीमा साना र ठूला गरि होटलमा १ अर्ब ६७करोड भन्दा बढी लगानी भएको  छ।

Tata
GBIME
Nepal Life

गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै होटल खोल्ने प्रतिस्पर्धा सुरु भएको हो।पछिल्लो दुर्इ वर्षको अवधिमा रुपन्देहीमा एक हजार साना र ठूला होटल थपिएका छन्।क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसँगै वाह्य पर्यटक आउने आशामा होटलमा लगानी थपिएको हो।गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेकोले समेत बौद्धमार्गी लगायतका वाह्य पर्यटक बढ्ने अपेक्षासँगै लगानी थप्ने होड चलेको हो।
 

दुर्इ वर्षअघि सम्म ९ सयको हाराहारीमा मात्रै होटल थिए।बुटवल उपमहानगरपालिकामा मात्रै हजार भन्दा बढी होटल छन्।होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अनुसार संचालनमा रहेका होटलमध्ये ७५ प्रतिशत होटल उपमहानगरभित्र छ।संघका अध्यक्ष समुन्द्र जिसीका अनुसार जिल्लामा दुर्इ हजार भन्दा बढी होटल र पाँच सय रेष्टुरेन्ट छन्।
 
जिसी भन्छन् –अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण अघि बढ्नु र  छ लेनको सडक निर्माण भएकोले होटल थपिएका हुन्। यो वाहेक बुटवलकै नुवाकोटमा केवलकारको गुरुयोजना अनुसार काम सुरु भएको छ भने बुटवलमा अन्तराष्ट्रिय सम्मेलन केन्द्रको स्थापनाको तयारी समेत हुँदैछ।वाह्य पर्यटकलार्इ लक्षित गरेर संचालनमा आएका होटल जिल्लाभरी एक सय छन्।
 
पर्यटकीय होटल बुटवल उपमहानगरपालिकामा मात्रै ३० भन्दा बढी छ। बुटवल तथा भैरहवामा गरी १२ वटा, कलोनी देखि लुम्बिनी सम्म ४ वटा होटल संचालनमा रहेका छन्। संघले एक करोड भन्दा माथि लगानी भएको होटललार्इ क बर्गमा राखेको छ।पर्यटकीय स्तर होटलको रुम शुल्क २ हजारदेखि ८ हजार रुपैयाँसम्म रहेको जिसीले बताए। सिद्वार्थ होेटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठका अनुसार संघमा डेढ सय होटल आवद्ध रहेका छन्। क बर्गका होटलमा  सिद्वार्थ कटेज, नान्स, रेडसन, कासाई, ओटल क्रिस्टल, डार्सिस, ड्रिमल्याण्ड,  डेनोभो लगायतका छन् ।  
 
त्यस्तै  लगानीको हिसाबले ५० लाख देखि १ करोड सम्म लगानी भएका होटललाई ख बर्गमा बर्गीकरण गरेको छ । यो स्तरका होटल जिल्लामा पाँच सय  छन् । यो होटलको रुम शुल्क दुर्इ हजार रुपैयाँ तोकिएका छन्।जिल्लामा १० लाख देखि ५० लाख सम्म लगानी भएका होटलहरुको संख्या धेरै छन्।संघका अनुसार यस्ता होटल जिल्लामा १ हजार ३ सय छन्। जिल्लामा पाँच सय रेष्टुरेन्टमा २ करोड भन्दा माथी लगानी भएका रेष्टुरेन्टहरुलाई क बर्गमा रखिएको छ । पार्टी प्यालेस, मिटिङ्ग हल लगायतका सेवा सुबिधाहरु भएका रेष्टुरेन्ट यो बर्गमा पर्छ । यो बर्गमा ३० वटा रेष्टुरेन्टहरु रहेका छन् । जिल्लामा ख बर्गका रेष्टुरेन्ट डेढ सय छन् भने ग बर्गको तीन सय रेष्टुरेन्ट छ।