बिपिसीको एफपिओ निष्कासन प्रक्रिया लम्बियो, शिखर इन्स्योरेन्सको दोस्रो एफपिओ स्थगित

बिजमाण्डू
२०७४ असोज २ गते १४:०५ | Sep 18, 2017

काठमाडौँ। बुटवल पावर कम्पनीको फर्दर पब्लिक अफरिङ एफपिओ निष्कासनमा थप समय लाग्ने भएको छ। निष्कासन प्रक्रिया सुरु भएको ६ महिना पछि बोर्डले प्रक्रिया अघि बढाउन हालै थप विवरण पत्रमा सुधार गरेर ल्याउन कम्पनीलाई सुझाब पठाएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासनको लागि गत चैतमा गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो।

कम्पनीले बुझाएको बिवरण पत्रमा केही कुरा स्पष्ट पार्नुपर्ने भएकोले बोर्डले विवरण पत्रमा सुधार गरेर ल्याउन निर्देशन दिएको बोर्डका सहायक प्रवक्ता निरंजय घिमिरेले जानकारी दिए। विवरण पत्रमा सुधार गरेर ल्याएपछि स्वीकृतिको प्रक्रिया अघि बढ्ने प्रवक्ता निरंजय घिमिरेले बताए। 

यसैबीच शिखर इन्स्योरेन्स कम्पनीको एफपीओ निष्कासन प्रक्रिया स्थगित भएको बोर्डले जनाएको छ। शिखर इन्स्योरेन्सले दोहोर्याएर फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड समक्ष अनुमति माग गरेको थियो।

पछिल्लो समय बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका–२०७४ लागू गरेको छ । यसै निर्देशिकामा भएको ब्यबस्था अनुसार संगठित संस्थाले धितोपत्रको थप सार्वजनिक निष्कासन गरेको मितिले पाँच वर्ष पूरा नभएसम्म पूनः धितोपत्रको थप सार्वजनिक निष्कासन गर्न नसक्ने व्यवस्था गरिएको छ । सोही  ब्यबस्थाले  शिखरको एफपिओ निष्कासन स्थगित भएको हो।