नेपाली बजारमा टाटाको ‘योद्धा’ सार्वजनिक, मालसामान ढुवानी तथा सपोर्ट भेहिकलकालागि उपयोगी

बिजमाण्डू
२०७४ भदौ २९ गते १८:५५ | Sep 14, 2017

काठमाडौं। टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लीले टाटाको कमर्सियल भेहिकल  सिरिज योद्धा सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

टाटा योद्धा फलफूल, तरकारी, पोलिट्री, माछा, दुध ढुवानीका साथै निर्माणस्थलहरुमा सपोर्ट भेइकलको रुपमा  प्रयो गर्न सकिने कम्पनीले बताएको छ।

टाटा योद्धामा ८५ एच.पि. को शक्तिशाली ३.० लि इन्जिन, २५० एन.एम  टर्क समावेश भएकोले प्रभावकारी रहेको  कम्पनीले जनाएको छ।

उत्कृष्ट ग्राउण्ड क्लियरेन्स भएको योद्धा गाडीहरु सुरक्षित र स्टाइलिस भएको टाटा मोटर्स लिमिटेडका भेहिकल इन्टरनेशनल विजनेस युनिटका भाइस प्रेसिडेन्ट रुद्ररुप मैत्रले बिज्ञप्तीमार्फत जानकारी दिएका छन्।

योद्धाले दैनिक प्रयोगको लागि जुनसुकै व्यवसायमा पनि महत्वपूर्ण भुमिका निर्वाह गर्ने समेत उनले बताए।  ६ महिनापछि नै योद्धाले नयाँ भेराइटी थप्ने समेत कम्पनीले जनाएको छ।