बिहीबार पनि शेयर बजारमा खासै सुधार देखिएन, कारोबारमा नेपाल लाईफ इन्स्योरेन्सको अग्रता

बिजमाण्डू
२०७४ भदौ १ गते १५:४४ | Aug 17, 2017

काठमाडौँ। बिहीबार कारोबारको सुरुवाती समयमा लगातार घटेको शेयर बजार कारोबारको अन्तिम समयमा केहि सम्हालिएको भएपनि अन्तमा घटेर बन्द भएको छ।

१६३२ अंकबाट सुरु भएको बजार पहिलो दुई घण्टामा करिब आठ अंकले घटेको थियो। एक बजेपछि स्थिर देखिएको बजार अन्तिम आधा घण्टामा चार अंकको सुधार हुँदै १६२९.७५ अंकमा बन्द भएको छ।

Tata
GBIME
Nepal Life

साताको अन्तिम दिन बिहीबार २.९१ अंकले घटेर १६२९.७५ अंकमा ओर्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.५१ अंकले घटेर ३४२.३४ अंकमा ओर्लिएको छ।

बिहीबार १६६ कम्पनीका २० लाख ४७ हजार कित्ता शेयर ७५ करोड ७० लाख रुपैयाँमा खरिद बिक्री भएको थियो। आज सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको चार करोड ८५ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको हो।

कारोबारमा आएका उपसूचक मिस्रित छन्। आठ समूहमा ६ समूहको सूचक घटेको छ भने दुई समूहको बढेको छ। होटल ८.०२, विकास बैंक ५.०५, फाइनान्स ०.४८, बीमा ३८.१५, उत्पादनमूलक ५९ र अन्य ४.३४ अंकले घटेको छ। बैंक ०.५२ र जलबिद्युत ३.५३ अंकले बढेको छ।

बिहीबार सबैभन्दा बढी सिर्जना फाइनान्सका शेयरधनीले करिब १० प्रतिशत कमाए।
हिमालयन डिस्टिलरीको शेयर मूल्य घट्ने क्रमले आजपनि    निरन्तरता पाएको छ। डिस्टिलरीका शेयरधनीले आज पनि १० प्रतिशतका दरले गुमाएका छन्।