महानगर र पुरातत्वले रानीपोखरीको काम सुरु गरेनन्, तिहारमा बालगोपालेश्वर मन्दिर नखुल्ने

बिजमाण्डू
२०७४ साउन ३२ गते १२:४४ | Aug 16, 2017
महानगर र पुरातत्वले रानीपोखरीको काम सुरु गरेनन्, तिहारमा बालगोपालेश्वर मन्दिर नखुल्ने
काठमाडौ। जमल-घण्टाघर-रत्नपार्क वरिपरि हिड्नेहरुका मनमा रानीपोखरीलाई देखेपछि अवश्य पनि  प्रश्नहरु उठ्ने गर्दछ- रानीपोखरीको यस्तो अवस्था किन? कहिले बन्छ रानीपोखरी?
 
हुन पनि रानीपोखरीलाई पुनिर्माणको नाममा अस्तव्यस्त बनाएर छाडिएको छ।
  

Tata
GBIME
Nepal Life

रानीपोखरी पुननिर्माणको जिम्मा काठमाडौ महानगरपालिका र पुरातत्व विभागले लिएका छन्। निर्माणको जिम्मा पाएका सम्बन्धित निकायलाई तातो नलाग्दा रानीपोखरी पुननिर्माणको काम अघि बढ्न सकेको छैन।

   
पुननिर्माण हुन नसक्दा यो बर्ष भाइटीकाको दिन पनि बालगोपालेश्वर मन्दिर नखुल्ने निश्चित छ। 
 
२०७२ साल वैशाख १२ गते गएको विनाशकारी महाभुकम्पले रानीपोखरीलाई पुर्ण रुपमा क्षति पुर्याएको छ। भुकम्प गएको दुर्इ बर्ष बितिसक्दा पनि रानीपोखरी पुननिर्माण अघि बढ्न सकेको छैन।
 
बालगोपालेश्वर मन्दिर पुननिर्माणको जिम्मा पुरातत्व विभागले लिएको छ भने बाँकी काठमाण्डौ महानगरपालिकाले बगैचा,पर्खाल र पोखरी निर्माणको जिम्मा लिएको छ। 
 
रानीपोखरीको मुख्य आकर्षणको रुपमा रहेको बालगोपालेश्वर मन्दिरको पुननिर्माण गर्दा रड र सिमेन्टको प्रयोग गरि पिलर उठाएपछि चौतर्फि रुपमा विरोधका आवाज उठेका थिए। त्यसको लगत्तै पुरातत्व विभागले पत्र मार्फत काम रोक्न निर्देशन दिएको थियो। युनेस्कोले पनि पुरानै सामाग्रीको प्रयोग गर्नुपर्ने भनेपछि काम नै रोकिएको थियो।
 
अन्तत:विवादित बनेको कामबाट काठमाडौ महानगरपालिकाले हात झिक्यो। मन्दिर बनाउने जिम्मा पुरातत्व आफैले लियो। बालगोपालेश्वर मन्दिर पुरातत्व विभागले र बाँकी रहेको रानीपोखरीको निर्माणको जिम्मा काठमाडौ महानगरपालिका आफैले गर्ने विषय टुङगो लागेको हो।
 
पुरातत्व विभागका इन्जिनियर प्रेमराज पोखरेलका अनुसार अगामी ०७५ असारसम्म सक्ने लक्ष्यका साथ ठेक्का लगाइएको छ। विभागले एक करोड ४० लाख रुपैयाँमा कडेल-राम जेभी रानीवारीलाई ठेक्का दिएको हो। ठेकेदार कम्पनीले मन्दिर निर्माणका लागि महानगरले उठाएको आरसिसि पिलर काटेर अलपत्र रुपमा छाडेको छ। बाँकी काम अघि बढाउन सकेको  छैन। 
 
दुर्इ निकायले जिम्मा लिएपनि पुननिर्माण अगाडि भने बढाउन सकेका छैनन् । तीन पटकसम्म डिजाइन तयार पारिसकिए पनि काम भने हुन सकेको छैन। 
 
महानगरपालिकाले ६ करोड ३९ लाखमा रानीपोखरी,पर्खाल,बगैचाको ठेक्का दिएको छ। तर ठेकेदारले काम सुरु गरेकै छैनन्।
 
काठमाडौ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले करोडभन्दा माथि पैसा लिएर पनि ठेकेदार कम्पनीले विनाकारण काम रोकेको बताए। उनले बालगोपालेश्वर मन्दिर बाहेक अरु निर्माणलाई ठेकेदारसँग कुराकानी गरेर तत्काल अघि बढाइने बताए।  
 
कार्कीका अनुसार रानीपोखरीको माटो टेस्ट गर्दा लगभग ४० फिटसम्म वालुवा भेटिएको छ। उनले रानीपोखरीमा पानी वालुवाले सोसेर सुक्ने भन्दै पछिको समस्यालाई मध्यनजर राख्दै मेयर र उपमेयरसँग छलफल भर्इरहेको बताए।