नेपाल टेलिकमको नाफा १५ अर्ब एक करोड, एक बर्षमा एक अर्ब ३३ करोड नाफा बढ्यो

बिजमाण्डू
२०७४ साउन ३२ गते ०९:४० | Aug 16, 2017
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले गत आर्थिक बर्षमा १५ अर्ब एक करोड रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले अघिल्लो आर्थिक बर्षमा १३ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेको थियो। कम्पनीको गत आर्थिक बर्षको तुलनामा नौ प्रतिशतले नाफा बृद्धि गरेको हो।
 
कम्पनीले गत आर्थिक बर्षमा सेवा बेचेर ४० अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो बर्षमा कम्पनीले ४० अर्ब ७० करोडको व्यापार गरेको थियो। 
कम्पनीले गत आर्थिक बर्षमा कर्मचारीका लागि पाँच अर्ब ७८ करोड रुपैयाँ खर्च गरेको छ। साथै अप्रेसन तथा मेन्टेनेन्समा सात अर्ब ५९ करोड रुपैयाँ खर्च गरेको छ। 
 
कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ। गत आर्थिक बर्षको अन्त्यसम्ममा कम्पनीको जगेडा कोषमा ७८ अर्ब छ करोड रुपैयाँ संकलन भएको छ। अघिल्लो आर्थिक बर्ष जगेडा कोषमा ७१ अर्ब २ करोड रुपैयाँ थियो। 
 
पूँजी बराबर नाफा गरेसँगै कम्पनीको प्रतिशेयर आम्दानी १०० रुपैयाँ पुगेको छ।
 

Tata
GBIME
Nepal Life