टाटाको टिगोर नेपालमा, ‍न्यूनतम मूल्य साढे २३ लाख, युवा पुस्ताले मन पराउने कम्पनी विश्वास

बिजमाण्डू
२०७४ साउन २५ गते १६:५७ | Aug 9, 2017
टाटाको टिगोर नेपालमा, ‍न्यूनतम मूल्य साढे २३ लाख, युवा पुस्ताले मन पराउने कम्पनी विश्वास

काठमाडौं । टाटाको पछिल्लो सेडान टिगोर कार नेपाल भित्रिएको छ। कम्पनीको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले बुधबार एक कार्यक्रम बीच नयाँ गाडी सार्वजनिक गरेको हो। सिप्रदीका डाइरेक्टर सौर्य राणा एवं टाटा मोटर्सको इन्टरनेशनल बिजनेश हेड जोनी ओम्मेनले सम्युक्त रुपमा नयाँ कार अनावरण गरे।

Tata
GBIME
Nepal Life


 

चुस्त र अत्याधुनिक डिजाइनले टिगोरले प्यासेन्जर कार सेगमेन्टमा नयाँ पोर्टफोलियो तयार गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ। चार सेग्मेन्टमा उपलब्ध कारको सुरुवाती मूल्य २३ लाख ४५ हजार रुपैयाँ तोकिएको छ। 


 

टिगोर एक्सईको मूल्य यति कायम गरिएको हो। यस्तै टिगोर एक्सटिलाई २६ लाख ७५ हजार, टिगोर एक्सजेडलाई २८ लाख ७५ हजार र टिगोरु एक्सजेड (ओ) लाई २९ लाख ९५ हजाररुपैयाँ तोकिएको छ। यी कार खरिद गर्नेले चार बर्ष या ७५ हजार किलोमिटर यात्रा वारेन्टी पाउनेछन्।


 

कार सार्वजनिक समारोहमा टाटा मोटर्सको इन्टरनेशनल बिजनेश हेड ओम्मेनले युवा पुस्ता लक्षित आकर्षक कार निर्माण गरेको बताए। यो कारले प्यासेन्जर भेहिकल सेग्मेन्टमा टाटाको उपस्थिती थप प्रभावकारी बनाउने उनको भनाइ थियो।


 

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टिगोरले भारतमा लिएको बजार हिस्साबाट आफु उत्साहित रहेको बताए। ह्याचब्याक र सेडानबाट माथि उठेर टिगोरले नयाँ सेग्मेन्ट तयार गरेको र ‘स्टाइल ब्याक’ नामाकरण गरिएको उनको भनाइ छ।