एनएमबि बैंकले सुरु गर्यो आफ्नै एकेडेमी, बैंकिङ क्षेत्रमा आफ्नै एकेडेमी बनाउने पहिलो बैंक बन्यो

बिजमाण्डू
२०७४ साउन ८ गते १९:०७ | Jul 23, 2017
एनएमबि बैंकले सुरु गर्यो आफ्नै एकेडेमी, बैंकिङ क्षेत्रमा आफ्नै एकेडेमी बनाउने पहिलो बैंक बन्यो
काठमाडौं। एनएमबि बैंकले आफ्नो आन्तरिक प्रशिक्षण केन्द्र एनएमबि एकेडेमी सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

एकेडेमीमार्फत बैंकको कर्मचारीहरुलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी उनीहरुलाई भविष्यमा आइपर्ने सबै प्रकार चुनौतीहरुको सामनागर्न सक्षम बनाउने बैंकको उदेश्य रहेको छ।एकेडेमीको स्थापनाबाट बैंकको जनशक्ति अझै सक्षम भई उनीहरुलाई उत्कृष्ट प्रशिक्षणको अवसर एवं सीप प्रदान गरेर कार्य दक्षता अभिवृद्धि गर्ने बैंकको दाबी छ।
 

“यो आफ्नै प्रकारको पहिलो प्रयास हो । बैंकिङ्ग क्षेत्रमा आफ्नै आन्तरिक प्रशिक्षण केन्द्रको सुविधा संचालन गर्ने सम्भवत एनएमबि पहिलो बैंक हो ।एकेडेमी संचालन हाम्रो सफलताको एक अर्को कोसेढुँगा साबित भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने।