लेकसाइड, ठमेल र दरवारमार्ग अब २४ सै घण्टा खुल्ला, स्वदेशी र विदेशीका लागि खुल्यो नाइटलाइफ

बिजमाण्डू
२०७४ असार १३ गते २०:२६ | Jun 27, 2017
लेकसाइड, ठमेल र दरवारमार्ग अब २४ सै घण्टा खुल्ला, स्वदेशी र विदेशीका लागि खुल्यो नाइटलाइफ
काठमाडौं।ठमेल पर्यटन परिषदले २५ वर्ष अघि पर्यटकीय स्थल ठमेललार्इ २४सै घण्टा खुल्ला गर्न लबिङ थाल्यो।

Tata
GBIME
Nepal Life

दश वर्षको अवधिमा परिषदले २४सै घण्टा खोल्नका लागि आवश्यक पूर्वाधार पनि तयार गर्यो।पूर्वाधार तयार गरेपनि ठमेल राती पनि खुल्ला राख्ने प्रस्ताव मान्न कोही तयार भएन।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने पर्यटकको पहिलो गन्तब्य बन्ने ठमेल सम्साझै बन्द हुन्थ्यो।अझ केही ढिला रेष्टुरेन्ट खोले प्रहरीले बन्द गराउँदै हिड्थ्यो।नेपाल घुम्न आउने विदेशीका लागि नाइट लाइफ थिएन।

स्वदेशीका लागि धेरै परको विषय थियो।उर्जामन्त्री हुँदा लोडसेडिङ अन्त्यका लागि भूमिका खेलेका जनार्दन शर्मा अहिले गृहमन्त्री भएर आएपछि नाइटलाइफलार्इ मान्यता दिँदै भने-ठमेल,पोखराको लेकसाइड र दरबारमार्ग २४सै घण्टा खुलाउन सुरक्षा दिइनेछ। यो घोषणासँगै ठमेलका पर्यटन व्यवसायीले २५ वर्षदेखिको माग पूरा भएको छ ।
 

'ठमेल, दरवारमार्ग, पोखराको लेक साईड जस्ता पर्यटकको आवागमन वढी हुने क्षेत्रहरुमा २४ घण्टा वजार खुल्ला रहने गरी आवश्यक सुरक्षाको प्रवन्ध मिलाईनेछ।' शर्माले भने। पर्यटन व्यवसायी रामशरण थपलियाले २५ वर्ष अघि थालेको अभियानले सार्थकता पाएको बताए। 'ठमेल पर्यटन परिषद् स्थापनाकालदेखि नै ठमेललाई २४ सै घण्टा खुलाउने योजना साकार भएको छ' थपलियाले भने '२५ बर्षदेखिको हाम्रो पहलले सार्थकता पाएको छ।' 


थपलियाले सरकारको नयाँ निर्णयले नेपाल आउने पर्यटकको बसार्इ अवधि लम्बिने बताउँदै यसले मुलुकको अर्थतन्त्रलार्इ समेत फाइदा गर्ने बताए। यो निर्णयले पोखराका पर्यटन व्यवसायी पनि खुसी भएका छन्। लेकसाइडमा २४ सै घण्टा खुल्ला गर्ने योजनाले उत्साह थपेको क्षेत्रीय होटेल संघ पोखराका अध्यक्ष भरत पराजुलीले बताए।

उनले बार र डिस्कोको व्यापार बढ्ने बताउँदै यसलार्इ समेत व्यवस्थित गरेर लैजानेतर्फ अघि बढ्ने बताए।पर्यटकीय स्थल २४सै घण्टा खोल्न सुरक्षा दिने निर्णयको होटेल संघ नेपाल (हान)ले स्वागत गरेको छ। हानका महासचिव विनायक शाहले सरकारको निर्णयले पर्यटन क्षेत्रको आम्दानी दोब्बर हुने बताए। 'हामी निकै खुसी छौं र यो सरकारको सकारात्मक कदम हो' शाहले भने 'केही स्थानमा सुरक्षा लगायत पूर्वाधारको विकास भएमा २४ सै घण्टा बजार खोल्न कुनै समस्या छैन।'

 
सुरक्षासँगै पूर्वाधार विकास गर्न व्यवसायीको माग
केहि समयअगाडिसम्म २४ सै घण्टा पर्यटकीय गन्तब्य खोल्न विजुलीको समस्या थियो। तर अहिले लोडसेडिङ अन्त्य भएकोले विजुली अभावमा सुरक्षा जोखिम पनि अन्त्य भएको छ।
 
पोखराका अध्यक्ष पराजुली सुरक्षाका लागि आवश्यक सिसिटीभी लगायतका पूर्वाधार राख्नुपर्ने बताए।त्यस्तै ठमेल पर्यटन विकास परिषदका अध्यक्ष थपलियाले सुरक्षा सहित पूर्वाधारको विकासमा समेत ध्यान दिएमा राम्रो हुने बताए। उनले ठमेल २४ घण्टा खोल्नको लागि बिजुलीको समाधान भएको भन्दै सुरक्षाको प्रबन्धको लागि विभिन्न स्थानमा सिसीटिभी क्यामेरा  राख्नुपर्ने बताए।