जापानमा १७ वर्ष विताएका खनालले नेपालमा थाले बाख्रापालन, बाख्रापालनबाट डेढ लाख कमार्इ

बिजमाण्डू
२०७४ असार १२ गते २१:१४ | Jun 26, 2017
वुटवल।जापानमा १७ बर्ष बसेर नेपाल फर्किएका स्याङजाका रुद्रप्रसाद खनाल बाख्रापालन गरिरहेका छन्।उनी अहिले शुद्धोधन गाउँपालिका–५ मानपकडीमा बाख्रापालन गरेका छन् ।

Tata
GBIME
Nepal Life


करिव २० लाख रुपैयाँ लगानीमा उनले नमूना बाख्रापालन स्थापना गरेका छन्।उनी भन्छन्–जापानमा भारतको बाटो हुँदै कुक काममा गएको थिए, पछि आफ्नै होटल समेत खोले, तर घाटा लागेपछिनेपाल आएर बाख्रा फार्म खोले।’ उनका तीन छोरा हाल जापानमा छन् ।श्रीमती तुलसी खनालको सहयोगमा उनले फार्म स्थापना गरे, अहिले २ जना कामदार  समेत राखेका छन् ।

अहिले ६० वटा बाख्रा पालन गरेका उनले करिव ६ कठ्ठामा  घाँस खेती समेत गरेका छन् भने साढे ३ कठ्ठामा बाख्रापालन गरेका छन्। जमुनापारी, खरी, लेकल विटल क्रस र बोयर जातका बाख्रा पालेका छन्।उनले बार्षिक करिव डेढ लाख आम्दानी हुने गरेको बताउँछन्।  सैनामैनामा रहेको बाख्रा फार्मबाट ल्याएर बाख्रा पालेका हुन्।बाख्रा फार्ममा सेन्सर समेत जडान गरेका छन्।फार्म कोही पसेमा सेन्सरले आवाज आउँछ।