आठ लेनको चक्रपथ निर्माणको काम ५५ प्रतिशत सकियो, अर्को वर्ष सक्नेगरी निर्माणलार्इ तीब्रता

बिजमाण्डू
२०७४ असार १२ गते १६:२३ | Jun 26, 2017
आठ लेनको चक्रपथ निर्माणको काम ५५ प्रतिशत सकियो, अर्को वर्ष सक्नेगरी निर्माणलार्इ तीब्रता
काठमाडौं।चक्रपथ विस्तारको काम ५५ प्रतिशत सकिएको छ।

Tata
GBIME
Nepal Life

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा सुरु भएको चक्रपथको कलंकी सातदोबाटो कोटेश्वर खण्ड ८ लेन निर्माणको ५५ प्रतिशत काम  सकिएको हो। चीनको सांघाइ कन्स्ट्रक्सन ग्रुपले २०७१ असारबाट चक्रपथ विस्तारको काम सुरु गरेको थियो।चक्रपथ सुधार आयोजना अन्तर्गत सुरु भएको चक्रपथ निर्माण र विस्तारको काम ५५ प्रतिशत सकिएको छ।चक्रपथ विस्तार आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाले अबको एक वर्षभित्र सक्नेगरी निर्माणलार्इ तीब्रता दिइएको बताए।

भूकम्प र नाकाबन्दीका कारण यो आयोजनाको काम एक वर्षपछि धकेलिएको थियो।उनका अनुसार कंलकी र खसीबजारबीचमा वाग्मती र बल्खु खोलाका चार वटा पुल निर्माण भइसकेका छन्।ती पुलमा रेलिङ र रङ लगाउने काम भइरहेको छ।तीनवटा ओभरहेड व्रिज समेत निर्माण भइसकेको छ।कोटेश्वर,ग्वार्को र धोविघाटमा ओभरहेड ब्रिज निर्माण भइसकेको उनले बताए।
 

झाका अनुसार कोटेश्वर देखि एकान्तकुनामा दुर्इ लेनको साइड ट्रयाक निर्माण भइरहेको छ।चार/चार लेनको सडकमा एउटा लेन ३.५ मिटरको हुनेछ। फुटपाथ र ड्रेनेज गरि साढे दुर्इ मिटरको हुनेछ। निर्माण सामाग्रीको अभावलार्इ मध्यनजर गर्दै काभ्रेमा कम्पनी आफैले निर्माण सामाग्री उत्पादन गरिरहेको छ। 
 
नेपालको पहिलो अण्डरपास डिसेम्बरमा सकिने
कंलकीमा नैपालकै पहिलो अण्डरपास निर्माण समेत तीब्र गतिमा अघि बढेको छ।निर्माण कम्पनीले २४सै घण्टा काम गरिरहेको छ। अण्डरपास निर्माणमा एक सिफ्टमा ३० जना कामदार छन्।यो निर्माणमा २० नेपाली र १० चिनियाँ कामदार छन्।
 
आगामी डिसेम्बर अघि नै सक्नेगरि अण्डरपासको काम भइरहेको झाले बताए।कुल ८ सय मिटर लम्बाइ भएको अण्डरपास मध्ये अहिले सीतापाइलातिरको काम भर्इरहेको छ। कंलकी चोकदेखि बल्खुसम्म ४ सय मिटर र सीतापाइलातिर ४ सय मिटर गरी अण्डरपास कुल ८ सय मिटरको हुने उनले बताए।यो अण्डरपास निर्माणपछि कंलकीको ट्राफिक जामको समस्या हट्नेछ