काठमाडौं।फक्सवागनको नेपालको अधिकृत बिक्रेता पुजा इन्टरनेशनलले मनसुन अफर ल्याएको छ।
यो अफर अन्तर्गत ग्राहकले नयाँ पोलो र भेन्टोमा चार वर्षसम्मको स्पेयर्स र सर्भिस निशुल्क पाउने कम्पनीले जनाएको छ।
यो अफर अन्तर्गत ग्राहकले नयाँ पोलो र भेन्टोमा चार वर्षसम्मको स्पेयर्स र सर्भिस निशुल्क पाउने कम्पनीले जनाएको छ।
यो योजना सिमित अवधिका लागि लागु हुने कम्पनीले जनायो।यो वाहेक कम्पनीले विहान सात बजेदेखि साँझ सातबजेसम्म सर्भिस, स्पेयर मूल्यमा ३३ प्रतिशतसम्म छुट र २४ घण्टा सेवाका लागि हटलाइन मोबाइल समेत दिएको छ।
कम्पनीका अनुसार ९८०१३४४२९९ हटलाइन सेवा सुरु गरेको भएको छ जसमा फोन गरेर २४ घण्टानै सर्भिसिङ सेवा पाइनेछ।फक्सवागन जर्मनीबाट प्रशिक्षित दक्ष टोलीको सुपरीवेक्षण र डोर स्टेप पिक एण्ड ड्रप सेवा दिने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।कम्पनीका सिइओ विवेक विजुक्छेले सर्भिसिङमा नेपालको अटोमोबाइलमा उत्कृष्ट सेवा दिने प्रतिवद्धता व्यक्त गरे।