एनबिआर्इले राजधानीमा गर्यो ‘ह्युमन क्यापिटल’ सम्मेलन, बैंकका डेढ सय कर्मचारी सहभागी

बिजमाण्डू
२०७४ जेठ १६ गते १७:०६ | May 30, 2017
काठमाडौं।नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआर्इ)ले राजधानीमा 'ह्युमन क्यापिटल' सम्मेलन आयोजना गरेको छ।

Tata
GBIME
Nepal Life

सम्मेलनको उद्घाटन एनबिआर्इका अध्यक्ष अजय श्रेष्ठ र म्यानेजमेन्ट डेभलपमेन्ट इन्ष्टिच्युटका मानव संशाधन अध्यक्ष डा चन्द्र पीश्रीमालीले संयुक्त रुपमा गरे।अध्यक्ष श्रेष्ठले नवीनतम उपाय अबलम्बन गरेर मानव सम्पत्तिमा रुपान्तरित गर्नुपर्ने बताए।श्रीमालीले मानव संशाधन काम मात्रै नभएर व्यवसायको रुपमा विस्तार भएको बताए।

एनबिआर्इका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले वित्तिय क्षेत्रको कर्मचारीको क्षमता विकासमा निरन्तर क्रियाशिल रहेको बताए।सम्मेलनमा डेढ सय भन्दा बढी बैंक तथा वित्तिय संस्थाका कर्मचारी सहभागी थिए।सम्मेलनमा एस बैंकका मानव संशाधन समूहका प्रेसिडेन्ट विड इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत सुजीव शाक्य लगायतले सम्मेलनमा बोलेका थिए।