मोरङ व्यापार संघमा पवनकुमार शारडाको दोस्रो कार्यकाल पनि अध्यक्ष चुनिए, पदाधिकारीमा को चुनिए?

बिजमाण्डू
२०७४ बैशाख २८ गते २०:४१ | May 11, 2017
मोरङ व्यापार संघमा पवनकुमार शारडाको दोस्रो कार्यकाल पनि अध्यक्ष चुनिए, पदाधिकारीमा को चुनिए?
विराटनगर।मोरङ व्यापार संघको अध्यक्षमा पवनकुमार शारडा पुनः निर्वाचित भएका छन् ।

Tata
GBIME
Nepal Life

संघको ३१ औँ कार्यसमितिका लागि यही वैशाख २४ गते भएको निर्वाचनमा शारडाको पक्षले बहुमत ल्याएको थियो । कार्यसमितिका लागि चुनिएका १९ जनाबाट संघको अध्यक्ष र पदाधिकारीको चयन गर्ने वैधानिक प्रावधान छ ।नयाँ कार्यसमितिको बैठकबाट शारडा अध्यक्षमा चुनिएका हुन् । निर्वाचित १९ मध्ये उनका पक्षका १६ जना सदस्य चुनिएका छन् । उनी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सांसद समेत हुन्।
 

बैठकले प्रकाश मुन्दडालाई वरिष्ठ उपाध्यक्ष, नवीन रिजाललाई महासचिव, वाणिज्य उपाध्यक्ष सुशील जोशी, उद्योग उपाध्यक्ष सुनिल टिवडेवाल, सचिवमा अनिल शाह र प्रवक्तामा विकास बेगवानीलाई चयन गरेको छ ।बिहिबार नै अध्यक्ष शारडाले आफ्नो पदभार ग्रहण गरेका छन् । शारडाले कार्यसमितिमा २ जनालाई मनोनीत गरेपछि पूर्ण कार्यसमिति २१ जनाको हुनेछ ।