ट्रम्पद्वारा “अमेरिकन नै किनौ, अमेरिकन नै राखौ” आदेश जारी, अमेरिकी कामदारलार्इ प्राथमिकता




वासिङटन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले “अमेरिकन नै किनौ, अमेरिकन नै राखौं” भन्ने कार्यकारी आदेशमा मंगलबार हस्ताक्षर गरेका छन्।


विस्कन्सिनस्थित एउटा उद्योगको भ्रमणको क्रममा ट्रम्पले हस्ताक्षर गरेका हुन्। “यो कार्यबाट हामी विश्वलाई निकै ठुलो सन्देश र संकेत प्रवाह गरेका छौं, हामीले हाम्रा कामदारलाई संरक्षण गर्ने छौँ, हाम्रा जागिरको प्रतिरक्षा गर्ने छौँ र अन्त्यमा अमेरिकीलाई नै प्रथम प्राथमिकतामा राख्ने छौँ,” सयौँ मजदुरहरुको अगाडि कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले भने।
 
अहिलेको कार्यकारी आदेशले प्रवेशाज्ञा प्रणालीमा केही प्रभाव पार्ने देखिएको छ । त्यसैगरी बसाइँ सराई प्रणालीका कतिपय त्रुटी सच्याउने अवसरका रुपमा पनि यस आदेशलाई लिइएको छ ।“अमेरिकन नै किनौ, अमेरिकन नै राखौँ”लाई अमेरिकी उत्पादन खरिद गर्न र अमेरिकी नागरिकलाई काममा लगाउन प्रोत्साहित गर्ने गरी आदेश ल्याइएको अधिकारीहरुले जनाएका छन् । 
 
राष्ट्रपति कार्यालयका सञ्चार सचिव साराह सन्मेर्सले यो आदेशले अमेरिकालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । अमेरिका बनाउने अमेरिकी कामदारहरुको पक्षमा यो आदेश भएको उनले बताए।आदेशमा विशेष दक्षता आवश्यक पर्ने क्षेत्रमा काम गर्ने विदेशीलाई दिइने प्रवेशाज्ञासम्बन्धी कार्यक्रममा समीक्षा गर्ने उल्लेख छ । 
 

Share this Story

   

ट्रम्पद्वारा “अमेरिकन नै किनौ, अमेरिकन नै राखौ” आदेश जारी, अमेरिकी कामदारलार्इ प्राथमिकता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.