लक्ष्मी बैंकको बार्षिकोत्सव पारेर लक्ष्मी केयरको साइकल र्याली, सामाजीक कामलाई ‘फण्ड’ जुटाउने

बिजमाण्डू
२०७३ चैत्र २४ गते ११:४१ | Apr 6, 2017
काठमाडौं । लक्ष्मी बैंकको १५ औँ बार्षिकोत्सवको अवसर पारेर लक्ष्मी केयरले शनिबार साइकल र्याली आयोजना गर्ने भएको छ। 
 
‘कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी’का लागि केयरले बर्षेनी यस्तो कार्यक्रम आयोजना गर्ने गरेको हो। शनिबार बिहान पर्यटन बोर्डबाट सुरु हुने साइकल र्याली नयाँ वानेश्वर-गौशाला-कमलपोखरी-बालुवाटार-गैरीधार हुँदै दरवार मार्गस्थित होटल अन्नपुर्णमा समापन हुनेछ। त्यसपछि दिनभर होटल सांगितिक कार्यक्रम आयोजना गर्ने जनाइएको छ। 
 
साइकल र्याली एवं सांगितिक कार्यक्रममा निश्चत शुल्क तिरेर जो कोहीले भाग लिन सक्ने लक्ष्मी केयरकी अध्यक्ष भारती पाण्डेलेले जानकारी दिइन्। लक्ष्मी केयर लक्ष्मी बैंकका कर्मचारीले सञ्चालन एवं व्यवस्थापन गरेको गैर नाफा मुलक संस्था हो। 
 
केयरले ९ बर्ष देखि साइकल र्‍याली आयोजना गर्दै आएको छ। वातावरण प्रति जनचेतना जगाउने एवं सामाजीक उत्तरदायीत्व निभाउने अभियान अन्तर्गत बर्षेनी यस्तो कार्यक्रम गर्ने गरेको पाण्डेको भनाइ छ।
 
र्यालीबाट उठेको रकमले अहिलेसम्म बनेपाको चण्डेश्वरी मन्दिर, थापाथली स्थित बाग्मती पुल, पाटन दरवार स्वायर र सिंहदरबार अगाडी सोलार बत्ति जडान गरेको जनाइएको छ। ‘सिंहदरबार क्षेत्रमा सुरुमा सोलार वत्ति जडान गर्ने हामी नै हौँ, पाण्डेले भनिन्न – त्यसपछि मात्र काठमाडौँ महानगर लगायत अरु सरोकारवालाले सोलार वत्ति बाल्न थालेका हुन्।’ केयरले आफुले ‘इन्स्टल’ गरेको सोलार बत्तीको ‘मेन्टिनेन्स’ समेत हेरि रहेको उनले जानकारी दिइन्। 
 

Tata
GBIME
Nepal Life