काठमाडौं। ओभ डेभलपमेन्ट बैंकले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर जारि गर्ने भएको छ। बैंकले मर्जरपछि यो सेयर जारि गर्ने छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारले बौद्ध शाखाको उद्घाटन कार्यक्रममा मनास्लु विकास बैंकलाई गाभ्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै त्यसपछि हकप्रद सेयर जारि गर्ने बताए।
मनास्लुलाई गाभ्नका लागि बैंकले नेपाल राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि निवेदन दिने तयारी गरिरहेको छ।
बैंकले मंगलबार बौद्धमा ३१औं शाखा खोलेको हो। शाखाको उद्घाटन राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका छन्। बैंकका एक लाख २५ हजार ग्राहक छन्।