म्यानमारले २० लाख टन चामल निकासी गर्ने, म्यानमारका धेरै चामल चीनले किन्छ

रासस
२०७३ चैत्र १२ गते ११:४९ | Mar 25, 2017
म्यानमार। म्यानमार सरकार र निजी क्षेत्रले यहाँ उत्पादन हुने चामलको निर्यातलाई वृद्धि गर्दै सन् २०१७ चामल निर्यातलाई बढाएर २० लाख टन पुर्याउने बताएको म्यानमारको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
 
म्यानमारले आर्थिक वर्ष २०१६–१७ को मार्चसम्ममा १५ लाख टन चामल निर्यात गरिसकेको छ । म्यानमारबाट धेरैजसो खाद्यान्न चीनमा जाने गर्छ । तर निर्यात बढाउन सरकार र निजी क्षेत्रको पहलमा अवदेखि यहाँको धान तथा चामललाई अफ्रिकालगायतका अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउने जनाइएको छ ।
 
म्यानमारले कृषि उत्पादन निर्यातबाट यस वर्षको मार्चसम्ममा दुई अर्ब ६५ करोड अमेरिकी डलर आम्दानी गरेको छ । म्यानमारमा अप्रिल १ देखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ । 
 

Tata
GBIME
Nepal Life