ग्रोथ सेलर्सको एचआर मिट १६ र १७ चैतमा, २५० बढीको सहभागिता, भारतका प्रख्यात प्राध्यापक आउने

बिजमाण्डू
२०७३ चैत्र २ गते १६:४३ | Mar 15, 2017
काठमाडौँ । ग्रोथ सेलर्सले बर्षेनी आयोजना गर्ने मानव संसाधन सम्मेलन (एचआर मिट २०१७) आउँदो चैत १६ र १७ मा आयोजना हुने भएको छ। ‘एचआर फर कल, कल फर एचआर’ नाराका साथ आयोजना हुने सम्मेलनमा सरकारी, अर्ध सरकारी, गैर सरकारी, एवं निजी क्षेत्रका बिभिन्न संघ संस्थाबाट २५० भन्दा बढीको सहभागिता रहने जनाइएको छ। 
 
यसपाली एचआर मिटको दशौं संस्करण आयोजना हुन लागेको हो। सम्मेलनको प्रमुख वक्ताको रुपमा भारतबाट प्राध्यापकहरु टिभी राव र आईएसएफ राज आउने ग्रोथ सेलर्सका अध्यक्ष मोहन ओझाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। राव टिभिआरएलएसका अध्यक्ष हुन्। राज भने जेभियर लेवर रिलेसन्स इन्टिच्युट जम्सेदपुरसँग आवद्ध छन्। 
 
त्यस बाहेक अन्य बिभिन्न स्वदेशी तथा विदेशी विज्ञहरुको प्रस्तुती हुने जनाइएको छ। यस पटकको एचआर मिटमा निम्बल इन्फोसिस टाइटल स्पोन्सर, डिएभी कलेज एसोसिएट पार्टनर र नेपाल टेलिकम स्पोन्सर रहेका छन्।
 
सम्मेलनको मुख्य आकर्षणमा बिभिन्न कम्पनीका प्रमुख कार्यकारी एवं मानव संसाधन विज्ञबीच प्यानल छलफल, प्यारालल सेसन, प्यानल अन्तर्वार्ता लगायत हुने जनाइएको छ। 
 

Tata
GBIME
Nepal Life