मन्त्री रमेश लेखकले उद्घाटन गरेका यातायात कार्यालयबाट लाइसेन्स पार्इँदैन

बिजमाण्डू
२०७३ फागुन १४ गते १६:३१ | Feb 25, 2017
काठमाडौं।सरकारले सवारी चालक अनुमतिपत्रलार्इ सहजीकरण गर्न तामझामका साथ खोलेको नयाँ कार्यालय प्रभावहीन देखिएका छन्।

Tata
GBIME
Nepal Life


भक्तपुरको जगातीमा यातायात कार्यालय उद्घाटनपछि निरीक्षण गर्दै भौतिकमन्त्री रमेश लेखक।तस्विर:रासस

भौतिक,पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले तामझामसहित उद्घाटन गरेका ती कार्यालयबाट सवारी चालक अनुमतिपत्रका काम हुन सकेको छैन।

सस्तो लोकप्रियताका लागि ती कार्यालय उद्घाटन गरिएपनि सेवाग्राही भने एकान्तकुनामा रहेको कार्यालयमै पुग्नुपर्ने बाध्यात्मक अवस्था छ। सवारी साधन अनुमती पत्र व्यवस्थित बनाउन स्वयम्भुको सानो भर्याङ, सुकेधारा चाबहिल र भक्तपुरको जगाती गरी तीन वटा थप कार्यालय थपिएको छ।
 

पूर्वाधार नथपी सस्तो लोकप्रियताका लागि मन्त्रीले लेखकले उद्घाटन गरे जसले सेवाग्राहीलार्इ कार्यालयमा पुगेर फर्किनुपर्ने झण्झट मात्रै भएको छ।यी तीन ठाउँबाट सवारी चालक अनुमतिपत्र नवीकरणको मात्रै काम भएको छ।ती सबै कार्यालयमा सवारी चालक अनुमतिपत्र दिनेगरी कर्मचारी पठाइसकिएको छ तर पूर्वाधार नभएकोले नयाँ लाइसेन्स दिने काम भएको छैन।
 
विभागका अनुसार वैशाखदेखि मात्रै ती कार्यालयबाट सवारी चालक अनुमतिपत्र व्यवस्थित र सहज बनाउने काम हुनेछ।ती कार्यालयमा कर्मचारी छन् तर ट्रायल लगायतका पूर्वाधार छैनन्।पूर्वाधार नभएपछि कर्मचारीलार्इ समेत ‘हार्इसन्चो’ भएको छ।विभागका प्रवक्ता डा.टोकराज पाण्डेले ट्रायल परीक्षा दिने ठाउँको अभावले सवारी चालक अनुमतिपत्रको काम हुन नसकेको बताए।

‘घरभाडामा लिएर कार्यालय स्थापना भयो। कर्मचारीहरु समेत त्यहाँ काम थाल्नुभएको छ’उनले भने, तर ट्रायलको लागि ठाउँ नहुँदा काम चालक अनुमतिपत्र दिने काम हुन सकेको छैन।उनका अनुसार पहिलो चरणमा कार्यालय स्थापना र दोस्रो चरणमा नवीकरणको काम भएको छ।उनले तेस्रो चरणमा सवारी चालक अनुमतिपत्र दिने काम हुने बताए।
 

कुन कार्यालयमा के  काम हुन्छ ?
विभागले दिएको जानकारी अनुसार सुकेधारा चाबहिलको कार्यालयले सवारी चालक अनुमतीपत्रका लागि हुने प्रयोगात्मक परीक्षाका लागि ठाँउ पाएकोले संचालनको क्रममा छ।पाण्डेका अनुसार केही समयभित्र त्यहाँबाट प्रयोगात्मक परीक्षा हुनेछ।
 
 विभागका अनुसार जागती र ठुलो भर्याङको कार्यालयका लागि भने ट्रायलका लागि ठाउँ खोजी भइरहेको छ।सेवाग्राहीलार्इ सास्ती कम होस् भनेर अनलार्इनबाट फर्म भर्ने काम भएको छ।तर ती कार्यालय लाइसेन्स दिने काम नहुँदा सेवाग्राहीको झण्झट कम भने भएको छैन।
 
मन्त्रीले यस्तो पनि भनेका थिए
यातायात व्यवस्था विभागले जगातीबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सम्पूर्ण काम गर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गर्दै भनेका थिए, सवारी चालक अनुमतिपत्रका लागि एउटा फाराम लिन समेत १५ घन्टा लाइन बस्नुपरेको मैले देखे, त्यस्तो समस्या अब अन्त्य गर्न सरकारले सवारी चालक अनुमतिपत्र लिने, नवीकरण गर्नेदेखि यातायातका समग्र व्यवस्थापन अनलाइनको माध्यमबाटै गर्ने तयारी गरेको हो ।”

तर उनले सुरु गरेको अनलार्इन पनि प्रभावकारी छैन।अनलार्इन धेरैजस्तो सिस्टम डाउन हुन्छ।अहिले दिनमा पाँच सयवटा अनलाइन फारम दर्ता हुने गरेकामा  अब उपत्यकाका चारवटै शाखाबाट दैनिक ५ सयका दरले दिनमा २ हजार अनलाइन फाराम भर्ने व्यवस्था गर्न लागेको बताउँदै उनले अब लामो लाइनमा बस्ने झन्झट नहुने उनले बताएका थिए।

उनले कर्मचारीलार्इ समेत चेतावनी दिँदै भनेका थिए,–“जहाँ भीड हुन्छ, त्यहीँ अनियमिमता हुँदो रहेछ, केही कर्मचारी लोभमा पनि फस्दा रहेछन्, त्यसले पनि कामलाई बाधा पुग्दोरहेछ, अब आजको काम आजै र केही घन्टाभित्रै हुने गरी काम गर्नुस्, अनियमितता र लोभमा परेमा त्यस्ता कर्मचारीलाई कारबाही गरिन्छ ।”