मिसन डेभलपमेन्ट बैंकलार्इ शतप्रतिशत हकप्रद निष्कासन स्वीकृति, साढे १९ लाख कित्ता शेयर आउँदै

बिजमाण्डू
२०७३ फागुन ८ गते १६:३० | Feb 19, 2017

काठमाडौँ। मिसन डेभलपमेन्ट बैंकलार्इ शतप्रतिशत हकप्रद निष्कासनकालागि धितोपत्र बोर्डले आइतबार स्वीकृति दिएको छ । बैंकलार्इ १९ लाख ४९ हजार दुई सय ५१ कित्ता हकप्रद निष्कासनकोलागि बोर्डले अनुमति दिएको हो ।

बैंकले १९ करोड ४९ लाख २५ हाजर रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने छ ।

Tata
GBIME
Nepal Life

कम्पनीको हाल चुक्ता पूँजी १९ करोड रुपैयाँ रहेको छ ।

बैंकले पुस मसान्तसम्म तीन करोड ६६ लाख रुपैयाँ कमाएको छ ।

यो अघिल्लो वर्ष भन्दा १०९ प्रतिशतले बढी हो ।बैंकको हाल प्रति शेयर आम्दानी ३७.६१ रहेको छ ।

बैंकको हकप्रद निष्कासनकालागि बिभोर क्यापिटललार्इ बिक्री प्रबन्धकको जिम्मेवारी दिइएको छ।