टाटा मोटर्स र सिप्रदीको शिक्षाका लागि ‘टेस्ट ड्राइभ’ सकियो, दश हजार भन्दा बढी सहभागी

बिजमाण्डू
२०७३ फागुन ४ गते १८:०१ | Feb 15, 2017
टाटा मोटर्स र सिप्रदीको शिक्षाका लागि ‘टेस्ट ड्राइभ’ सकियो, दश हजार भन्दा बढी सहभागी
काठमाडौं।टाटा मोटर्स र सिप्रदी ट्रेडिङले संचालन गरेको शिक्षाका लागि 'टेस्ट ड्राइभ' सकिएको छ।कम्पनीले सामाजिक अभियान अन्तर्गत विभिन्न विद्यालययमा टेस्ट ड्राइभ संचालन गरेको थियो।

Tata
GBIME
Nepal Life

कम्पनीले हरेक टेस्ट ड्राइभवापत विद्यालयलार्इ पाँच सय रुपैयाँ दिएको थियो।कम्पनीले दिएको पैसा विपन्न विद्यार्थीको  शिक्षामा विद्यालयले सहयोग गर्ने प्रतिवद्धता गरेका छन्।कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेल ज्यूले शिक्षाका लागि टेस्ट ड्राइभ अभियानमा सहभागी भएका सम्पूर्ण विद्यालयका प्रतिनिधिहरुलाई चेक हस्तान्तरण गरे।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा सबैका लागि शिक्षाका लागि अभियानले केही भएपनि सहयोग पुग्ने अपेक्षा गरे। टाटा मोटर्स्, पिभिआईबि नेपालका कन्ट्री म्यानेजर हेमन्त पुरानिकले नेपालमा कमजोर आर्थिक अवस्थाका कारण थुप्रै बालबालिकाहरु शिक्षाबाट वञ्चित हुने अवस्था रहेको बताउँदै जिम्म्वार कर्पोरेट हाउसको रुपमा विद्यालयहरुलाई छात्रवृत्ति कोष बढाई विपन्न तथा जेहेन्दार बालबालिकाहरुको शिक्षाका लागि टेस्ट ड्राइभ अभियान संचालन गरेको बताए ।

यो अभियानमा दश हजार भन्दा बढी अभिभावकहरु सहभागी भएको उनले बताए।सन् २०१६ सेप्टेम्बर १०बाट धापाखेल र सानेपा स्थित जेम्स स्कुलबाट शुरु भएको टेस्ट ड्राइभ अभियान नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रको ११ वटा शहरहरु अन्तर्गत २४ वटा विद्यालयहरुमा गरिएको थियो । पाँच महिनाको अवधिमा जम्मा १० हजार ०७२ जनाले टेस्ट ड्राइभमा सहभागीता जनाएको कम्पनीले जनायो।