डाबर च्यवनप्राश सामाजिक काममा, अर्लि चाइल्डहुड डेभलपमेन्टलार्इ कपडा दियो

बिजमाण्डू
२०७३ पुष २५ गते १७:५७ | Jan 9, 2017
काठमाडौं।डाबर च्यवनप्राशले जाडोलाई लक्षित गरी राजधानीका ३१ विद्यालयमा “स्कुल इम्युनो च्याम्प २०१६” कार्यक्रम सञ्चालन गरेको थियो । कम्पनीले आन्तरिक शक्ति, स्वच्छ तथा सन्तुलित खानेकुरा, तातोपानी, सरसफाइका बारेमा जानकारी दिएको थियो।

Tata
GBIME
Nepal Life

डाबर नेपालको स्प्रेड द वाम्र्थ अभियानले  सिएनएन सुपर हिरो पुष्पा बस्नेतसँग सहकार्य गरी ती विद्यालयबाट लुगाहरू संकलन गरेको थियो। संकलित लुगाको संख्या बराबर डाबरले थपेर अर्लि चाइल्डहुड डेभलप्मेन्ट सेन्टरलाई उपलब्ध गराएको जनाएको छ । डाबर नेपालका बजार व्यवस्थापन प्रमुख अभयप्रसाद गोर्खालीले कपडा हस्तान्तरण गरे।
 

गोर्खालीले भने, “डाबर नेपालको स्प्रेड द वाम्र्थ अभियानबाट हामीले प्रयोग गर्न सकिने न्याना लुगाहरू सङ्कलन ग¥यौँ । ती लुगाहरूमा हामीले सोही सङ्ख्या बराबरको नयाँ लुगा पनि थप गरेर पुष्पा बस्नेतज्यूलाई हस्तान्तरण गरेका छौँ । नेपालभरि विभिन्न झ्यालखानाहरूमा रहेका बालबालिकाका लागि यी न्याना लुगाहरू जाडो याममा उपयोगी हुनेछन् ।”