आइतबार देखि रक्सौलबाट स्थानियले ‘क्लिंकर’ भित्र्याउन नदिने, १० सिमेन्ट उद्योगमा प्रभाव

बिजमाण्डू
२०७३ मंसिर २५ गते १८:४६ | Dec 10, 2016
वीरगन्ज । रक्सौलस्थित रेल्वे स्टेशन क्षेत्रका बासिन्दाले आइतबार देखि नेपाल तर्फ आयात गर्ने सिमेन्ट कच्चा पदार्थ ‘क्लिंकर’को ढुवानी ठप्प पार्ने घोषणा गरेका छन्। भारतीय रेल्वेको मालगोदाम परिसरमा रेल्वे र्याककबाट अनलोड गरी नेपाल आउने क्लिङ्करलगायत कच्चा पदार्थको ढुवानीले प्रदुषण बढाएको बन्दै स्थानियबासीले अवरोध गर्ने जनाएका हुन्।

Tata
GBIME
Nepal Life


 

रेल्वे स्टेशन क्षेत्रका बासिन्दाहरुको संगठन ‘स्वच्छ रक्सौल’ अभियानले यस्तो गर्न लागेको भन्दै पठाएको पत्र पाएको वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ। उनीहरुले नेपालको विभिन्न निकायमा पत्रचार गरी आन्दोलनको कार्यक्रम बारे जानकारी समेत गराएका छन् ।
 
रक्सौल रेल्वे स्टेशनका लागि बुक गरिएको क्लिंकर सिर्सिया सुख्खा बन्दरगाह तर्फ मोडिए समस्या अन्त्य हुने स्वच्छ रक्सौल अभियानले उलेख्य गरेको छ।
 
क्लिंकर लोडिङ/अन्लोडिङबाट निस्कने धुलो शरिरमा प्रवेश गरि बेचैनी, श्वास फेर्न समस्या, क्षयरोग, चर्मरोग, क्यान्सर आदि रोगको विरामी बढ्न थालेको स्थानियबासीको भनाइ छ।
 
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप कुमार केडियाले यो समस्या नेपाली आयातकर्ताका कारण नभई भारतीय रेल्वेको कारण जन्मिएको हुँदा उसैले समाधान गर्नु पर्ने बताए। 
 
हचुवाको भरमा बिदेशबाट आयात नै प्रभावित हुने गरी स्थानीयले अवरोध गर्दा रक्सौलस्थित स्थानीय प्रशासनले उदासिनता देखाएको उनले बताए।
यसबारे आफुले वीरगञ्ज भन्सार, उद्योग मन्त्रालय, उद्योग बिभाग, नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला प्रशासन कार्यालय पर्सा, भारतीय महावाणिज्य दुतावास, भातरको रक्सौल कस्टम लगायत सरोकारवाला निकायलाई शुक्रबार नै जानकारी गराएको उनले बताए।
 
पर्सा बारा औद्योगिक करिडोरका एक दर्जन सिमेन्ट उद्योग मध्ये शालिमार र शिवम बाहेक सबैले भारतबाट सिमेन्टको कच्चा पदार्थ क्लिंकर, कोइला, जिप्सन आदि आयात गर्ने गरेका छन्। आयातमा अवरोध हुँदा उनीहरुलाई प्रत्यक्ष असर पर्नेछ।