जगदम्बा सिमेन्टको दशै र तिहार खाली हात नजाने योजना, मोटरसाइकलदेखि आर्इफोन र नगद उपहारसम्म

बिजमाण्डू
२०७३ भदौ १० गते ००:०० | Aug 26, 2016
जगदम्बा सिमेन्टको दशै र तिहार खाली हात नजाने योजना, मोटरसाइकलदेखि आर्इफोन र नगद उपहारसम्म

काठमाडौं । जगदम्बा सिमेन्टले दशै र तिहारका लागि उपभोक्ता योजना ल्याएको छ । उद्योगले जगदम्बा सिमेन्टको सौगात, खाली हुन्न हात योजना ल्याएको छ ।

उद्योगका अनुसार उपभोक्ताले जगदम्बाका कुनैपनि उत्पादनको प्रत्येक ५० बोराको खरिदमा एउटा कुपन प्राप्त गर्नेछन् । उपभोक्ताले त्यसलाई स्क्रयाच गरी मोटरसाइकल,आईफोन, आईप्याड, टिभी, फ्रिज, भ्याकुम क्लिनर, माइक्रो ओभन, राईस कुकर, घडी, फ्यान, आईरन तथा नगद पुरस्कार पाउने उद्योगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Tata
GBIME
Nepal Life

यो उद्योगका जगदम्बा सिमेण्टका अल्ट्रा प्रिमियम ओपिसी, फोर्स एफ टू आर ओपिसी, जगदम्बा गोल्ड, जगदम्बा एभरलास्ट, अल्ट्रा एक्टिभ, फोर्स, अल्ट्रा अल्टिमो, माउण्ट, शुभश्री जगदम्बा एभरलास्ट लगायतका ब्राण्डहरु उपलब्ध छन् । उत्पादनमा गुणस्तरीयता कायम गरिरहने जगदम्बाले बीमा लगायतका कार्यक्रम समेत ल्याएको छ ।