वर्षमै साढे दुर्इ लाख आप्रवासी युरोप छिरे, ग्रीसबाट साँढे एक लाख र इटालीबाट एक लाख युरोप पुगे

बिजमाण्डू
२०७३ साउन २७ गते ००:०० | Aug 11, 2016
वर्षमै साढे दुर्इ लाख आप्रवासी युरोप छिरे, ग्रीसबाट साँढे एक लाख र इटालीबाट एक लाख युरोप पुगे

बर्लिन (जर्मनी)  । आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सन् २०१६ मा विभिन्न देशबाट युरोप पुग्ने आप्रवासी एवम् शरणार्थी सङ्ख्या दुई लाख ६० हजारभन्दा बढी पुगेको  जनाएको छ ।

विभिन्न देशबाट समुद्रि बाटो भएर असुरक्षित डुंगाको सहयोगमा युरोप पुग्ने क्रममा यस वर्ष तीन हजार १०० आप्रवासीको यात्राका क्रममा समुद्रमा डुबेर मृत्यु भएको बताइएको छ ।

Tata
GBIME
Nepal Life

आईओएमले मङ्गलबार दिएको तथ्याङ्क अनुसार भूमध्यसागरीय क्षेत्रको बाटो युरोप शरणार्थी एवम् कामको सिलसिलामा सन् २०१६ मा दुई लाख ६३ हजार ६३६ मानिस युरोप पुगेका हुन् ।

यो सङ्ख्या सन् २०१५ को सोही अवधिमा युरोप पुग्ने शरणार्थीको तुलनामा करिब ९१ हजार कम रहेको आईओएमको दाबी छ ।यसरी युरोप पुग्ने आप्रवासीमध्ये सबैभन्दा धेरै एक लाख ६० हजार मानिस ग्रीसको बाटो हुँदै युरोप छिरेका छन् भने एक लाख २४४ आप्रवासी शरणार्थी इटाली हुँदै युरोप आएका हुन् ।

आईओएमले आप्रवासीको युरोप आगमनमा कमी देखिए पनि असुरक्षित डुङ्गा यात्राद्वारा युरोप प्रवेश गर्ने क्रममा सन् २०१५ मा दुई हजार ७५४ आप्रवासीको मृत्यु भएकोमा यस वर्ष त्यो सङ्ख्या ४७६ ले बढी भई तीन हजार १७६ पुगेको बताइएको छ । रासस