सक्षमसँग मिलेर छिमेक लघुवित्तको डिजिटल महिला कार्यक्रम, पश्चिम नेपालका महिलालाई ससक्तिकरण

बिजमाण्डू
२०७३ साउन १२ गते ००:०० | Jul 27, 2016
सक्षमसँग मिलेर छिमेक लघुवित्तको डिजिटल महिला कार्यक्रम, पश्चिम नेपालका महिलालाई ससक्तिकरण
काठमाडौं । छिमेक लघुवित्त विकास बैंकले यूके एड सक्षमको सहकार्यमा महिला बैंकिङ अभिकर्ताहरु मार्फत पश्चिम नेपालका ग्रामीण केन्द्रहरुमा आफ्नो वित्तीय उपज तथा सेवाहरुको विस्तार गरेको छ ।

Tata
GBIME
Nepal Life

डिजिटल महिलाः डिजिटल वुमन च्यानल पाटनर्स फर जेन्डर इन्क्लुसिभ माइक्रोफाइनेन्स् सर्भिसेज नामक साझेदारीले स्थानीय महिलाहरुलाई शाखा रहित बैंकिङ अभिकर्ताका रुपमा बाँके, डडेल्धुरा, दाङ, कैलाली र रुकुमका कठिन भौगोलिक अवस्थाका बावजुद पनि काम गर्नका लागि सशक्तिकरण गर्नेछ ।

यो परियोजना अगाडि वढाउन दुबै संस्थाबीच औपचारिक हस्ताक्षर भएको छ । डिजिटल महिलाका रुपमा नियुक्त भएका महिलाहरुलाई छिमेक बैंकका भौतिक शाखाहरुको सेवा पुग्न नसकेका क्षेत्रहरुमा स्वतन्त्र रुपमा काम गर्नका लागि प्रशिक्षित गरिने विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुलाई आवश्यक उपकरण तथा इन्टरनेट सुविधा दिएर उनीहरुले गरेको कारोबारलाई वास्तविक अनलाईन कारोबारको रुपमा सुनिश्चित गर्नका लागि डिजिटल उपकरणको मद्दतले बैंकको व्यवस्थापन सूचना प्रणाली (एमआइएस्) मा जोडिने छ ।

यस विशेषतामार्फत कारोबारको अभिलेख राख्नका लागि भौतिक शाखाहरुसम्म पुग्नु पर्दैन । समझदारी पत्रमा सक्षमका टोली प्रमुख बलजित बोहरा र छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीले हस्ताक्षर गरेका हुन् ।