पोखरा । भारतको प्रसिद्ध मोटर कम्पनी फोर्स मोटर्सको शोरुम पोखरामा खुलेको छ। आयाम इन्टरकन्टिनेण्टल प्रालिले पोखराको बुद्ध चोकमा फोर्स मोटर्सका उक्त शोरुम संचालनमा ल्याएको हो।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापा र फोर्स मोटर्स इन्डियाका जनरल मेनेजर रविन्द्र पट्किले बिहीबार बुद्धचोकस्थित फोर्स मोटर्सको शो–रुम औपचारिक समुद्घाटन गरका हुन्।
फोर्स मोटर्सको सबैभन्दा बढी सिट क्षमता (१४ सिट) भएको ट्याक्स क्रुजर जीप, १० सिट क्षमता भएको ट्याक्स गामा जीप, कार्गो किङ (सिंगल क्याब पिकअप) र बलवान ट्रयाक्टरहरु हाल उक्त शो–रुमबाट बिक्री वितरण प्रारम्भ गरिएको आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष धु्रबबहादुर थापाले बताए।
कार्यक्रममा आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक राजन लम्साल, कम्पनीका पोखरा शाखाका प्रबन्धक निरन के.सीलगायतले फोर्स
मोटर्सका बारेमा विस्तृत जानकारी गराएका थिए।
फोर्स मोटर्सको लाइट कमर्सियल भेसाइकल तर्फको आधिकारिक विक्रेता तथा आयातकर्ताका रुपमा गत जुलाई २०१४ मा एजेन्सी प्राप्त गरेको आयाम इन्टरकन्टिनेण्टलले यस अघि काठमाडौंको गैरीधारामा शो–रुम संचालनमा ल्याइसकेको छ।