नेपाल भारत बस सेवाको नेपालबाट मोदी-कोइराला र भारतबाट गढकरीले उद्घाटन गर्ने,भाडा २२ सय भारु

बिजमाण्डू
२०७१ मंसिर ९ गते ००:०० | Nov 25, 2014
नेपाल भारत बस सेवाको नेपालबाट मोदी-कोइराला र भारतबाट गढकरीले उद्घाटन गर्ने,भाडा २२ सय भारु

काठमाडौं । सार्क सम्मेलनमा नेपाल – भारतबीच महत्वपूर्ण ६ वटा समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम छ। तीमध्ये एक हो दुई देशका राजधानी जोड्ने सरकारी बस सेवा।

Tata
GBIME
Nepal Life

मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सुशील कोइरालाले काठमाडौं – दिल्ली बसको उद्घाटन काठमाडौंबाट गर्दैछन् भने भारतका सडक यातायात तथा हाइवे मन्त्री नितिन गढकरीले भारतबाट झन्डा उठाएर दिल्ली – काठमाडौं बस सेवा सुरु गर्नेछन्। निजी स्तरमा यसअघि नै दिल्ली र काठमाडौंबीच बस सेवा सुचारु भए पनि सरकारीस्तरबाट हुन लागेको यो पहिलोपटक हो।

दिल्लीको अम्बेडकर स्ट्डियम बस टर्मिनलबाट गडकरीले बस सेवाको हरियो झन्डा देखाउने पहिलोपोस्ट डट कमले लेखेको छ । हिजोमात्रै भारतको केन्द्रीय मन्त्रिपरिषदले भारत  र नेपालबीच यात्रुबाहक बससेवाको सम्झौता गर्ने विषय अनुमोदन गरेको थियो।

गडकरीले नेतृत्व गरेको यातायात मन्त्रालयलाई सार्कका अन्य मुलुकसँग पनि यस्तो यातायात सेवाको द्वीपक्षीय सम्झौता गर्न मन्त्रिपरिषदले अनुमति दिएको भारतीय समाचार संस्था पीटीआइले जनाएको छ।

कस्तो हुनेछ काठमाडौं दिल्ली चल्ने बस ? दिल्ली ट्रान्सपोर्टेसन कर्पोरेसन (डीटीसी)ले सञ्चालनमा ल्याउने बस भल्भो कम्पनीको लग्जरि बस हो। बसबाट यात्रा गर्दा एकतर्फी भाडा २२ सय भारु रहने बताइएको छ। बस आगरा, लखनउ र गोरखपुर हुँदै नेपाल भित्रने छ। एकतर्फी यात्रा पूरा हुन ३० घन्टा समय लाग्ने बताइएको छ।

अन्तरदेशीय बस सेवा सञ्चालनका लागि डीटीसीले प्रधानमन्त्री कार्यालयबाट प्रस्ताव पाएको हो। व्यापार र पर्यटनका लागि बस सेवा महत्वपूर्ण हुने अपेक्षा लिइएको छ।  

डीटीसीले अहिले दिल्ली–लाहोर बस सेवा सञ्चालन गरिरहेको छ। यो बस सेवा अटल बिहारी बाजपेयीले सन् १९९९ मा सुरुवात गरेका थिए।