प्रतिस्पर्धीलाई अवधारणा प्रस्तुतिबारे तालिम, लगानीकर्तालाई आकर्षित गर्न सीप पनि आवश्यक

बिजमाण्डू
२०७१ मंसिर ६ गते ००:०० | Nov 22, 2014
प्रतिस्पर्धीलाई अवधारणा प्रस्तुतिबारे तालिम, लगानीकर्तालाई आकर्षित गर्न सीप पनि आवश्यक
काठमाडौं । एनसेलले एप क्याम्पका एकसय ५० प्रतिस्पर्धी समूहलाई अन्तिम प्रतिस्पर्धामा भाग लिन तालिमको आयोजना गरेको छ । तालिममा सहभागीहरुलाई अवधारणा प्रस्तुतिबारे आवश्यक ज्ञान दिइएको थियो। आउँदो मंसिर २३ देखि मंसिर २७ सम्म हुने उक्त प्रतिस्पर्धामा सहभागीहरुले अवधारणा र एपको नमुना प्रस्तुत गर्नेछन्।

विभिन्न अभ्यासहरु गराउँदै प्रशिक्षक थ्री एच म्यानेजमेन्ट प्रालिका कार्यकारी प्रमुख सोहनबाबु खत्रीले तालिमका सहभागीहरुलाई छोटो समयमै आफ्नो अवधारणा प्रस्तुत गर्ने उपायहरु सिकाए ।

Tata
GBIME
Nepal Life

तालिममा करिब एक दर्जन समूहले अभ्यासस्वरुप आफ्नो अवधारणाहरु प्रस्तुत गरेका थिए। निर्णायकहरुलाई प्रभावित पार्न र सम्भावित लगानीकर्तालाई आकर्षित गर्न आवश्यक सीप विकासमा सहयोग गर्दै प्रशिक्षक खत्रीले सहभागीहरुलाई दर्शकको ध्यानाकर्षण गर्ने उत्कृष्ट उपायबारे सोच्न सल्लाह दिए।

'आफ्नो अवधारणामा केन्द्रित रहनुहोस्, आफूमा होइन। आफ्नो जीवन नै दाउमा रहेझैं बोल्नुहोस्,' आफ्नो प्रस्तुति आकर्षक बनाउन सल्लाह दिँदै खत्रीले भने, 'आफ्नो अवधारणाप्रति आफैं विश्वस्त हुनुपर्छ। नत्र प्रस्तुति जतिसुकै उत्कृष्ट भए पनि तपाईंको अवधारणा बजारमा बिक्दैन।'

खत्रीले सहभागीलाई एपनिर्माणको अवधारणामा कामगर्दा व्यवहारिक बन्न सल्लाह दिए। 'तपाईं आफ्नो योजनाको कार्यान्वय नगर्न र आफ्नो उत्पादन वितरण गर्न कति सम्भव हुन्छ भन्ने पनि सोच्नुहोस्। आफूले के गर्न चाहेको मात्रै बताउने भन्दा पनि अरुलाई पनि त्यो सम्भव छ भन्ने महसुस गराउनुपर्छ।'

प्रशिक्षक खत्रीले सहभागीहरुलाई प्रस्तुतिको उत्कृष्ट संरचनाबारे जानकारी दिँदै दिइएको समयभित्रै प्रस्तुति पूरा गर्ने सल्लाह दिए । अवधारणा प्रस्तुतिका क्रियाकलापहरुमा सहभागी हुँदै कृषि, पर्यटन, शिक्षा र कर्पोरेट सोलुसन्स् विधामा एप निर्माण गरिरहेका प्रतिस्पर्धीहरुले दिइएको समयसीमाभित्र आफ्ना अवधारणा प्रस्तुत गर्ने अभ्यास गरे। त्यसैगरी उनीहरुले आफ्ना प्रतिस्पर्धीहरुले सोधेको प्रश्नहरुको समेत जवाफ दिए।

एप क्याम्पका प्रतिस्पर्धीहरु हाल एप निर्माणका साथै त्यसको व्यसायिक मोडेल तय गरिरहेका छन्। आजको तालिमपछि सहभागीहरुले अब आफ्नो एपको नमुना बुझाउनुपर्नेछ। त्यस पश्चात पर्यटन, कृषि, शिक्षा र कर्पोरेट प्रत्येक विधाका ६ वटा समूह गरी जम्मा २४ वटा समूह थप प्रतिस्पर्धाका लागि छनोट हुनेछन्। ती २४ समूहले आफ्नो एपको नमुना देखाउने र अवधारणा प्रस्तुत गर्नेछन्।

प्रतिस्पर्धाका विषयगत उत्कृष्ट समूहहरु प्रत्येकले दुई लाख ५० हजार रुपैयाँ र समग्र विजेताले थप पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने २०१५ मा हुने अन्तर्राष्ट्रिय एप्लिकेसन सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन्।