हुलास पावरको एक्साईड ब्याट्री पावरफुल अफरका बिजयी घोषणा, दुई जनाले जिते मोटर साइकल

बिजमाण्डू
२०७१ भदौ १२ गते ००:०० | Aug 28, 2014
काठमाडौं। नेपालका लागि एक्साईड ब्याट्रीको आधिकारीक विक्रेता हुलास पावर प्रालिले हुलासको पावरफुल अफर योजना अर्न्तगतको विजेताहरुको घोषणा गरेको छ। गोलाप्रथाबाट निकालिएको कुपन हरुमा दुई थान मोटरसाईकलको बिजेता कुपन नं. २६३४ काठमाडौंका खगेन्द्र दुलाल र कुपन नं. ४७६ पोखराका प्रेम श्रेष्ठ विजयी भएका छन्। 

 
त्यसैगरी ३२ ईन्च एलईडी टिभी तिन थान,  रेफ्रीजेरेटर पाँच थान तथा दश थान ईन्भरटरका विजेताहरुको पनि घोषणा गरिएको छ। यो उपहार योजना नयाँ वर्षको उपलक्ष्यमा लागू गरिएको थियो। 
 
गोल्छा अर्गनाईजेसन अन्तर्गतको हुलास पावरले सुपथ मूल्यमा गुणस्तरीय व्याट्री तथा ईन्भरटर तथा युपीएस विक्री वितरणका साथ विक्री पश्चातको सर्भिस र वारेन्टीलाई विषेश ध्यान दिने गरेकोछ। हुलास पावरले एक्साईड ब्राण्डका ट्यूव्लर, क्लोराईड ब्राण्डका फ्लाट प्लेट तथा अटो साथै जेनन् ब्राण्डका यूपीएस विक्री वितरण गर्दै आएको छ। 
 

Tata
GBIME
Nepal Life