होन्डाले अब इन्ट्रि लेभल कार बनाउने, भारतमा भारु चार लाख, नेपालमा १८ लाख रुपैयाँमा पाइएला !

बिजमाण्डू
२०७१ साउन १४ गते ००:०० | Jul 30, 2014
होन्डाले अब इन्ट्रि लेभल कार बनाउने, भारतमा भारु चार लाख, नेपालमा १८ लाख रुपैयाँमा पाइएला !

काठमाडौं । मध्यम साइजको सेडान अमेज र सिटीमा पाएको सफलता पश्चात जापानी अटो कम्पनी होन्डा छरिता कार निर्माणको तयारीमा जुटेको छ । कम्पनीले भारतीय प्लान्टमा साना कार तथा सब–कम्प्याक्ट एसयुभी निर्माणको तयारी सुरु गरेको हो । होन्डाले भारतीय बजार लक्षित गरि चार मिटर भन्दा कमका एसयुभी उत्पादनको तयारी सुरु गरि सकेको छ ।
भारतीय बजार लक्षित गरि निर्माण गरिने यि कार नेपालमा पनि उपलब्ध हुनेछन् । ज्योती समुहले होन्डाका गाडी नेपालमा बिक्री गर्दै आएको छ । अहिले सम्म होन्डाका महङ्गा श्रेणीका मात्र कार नेपालमा उपलब्ध रहेकोमा अब इन्ट्रि लेभलबाट पनि आउनेछन् । भारतमा भारु चार लाख हाराहारी पर्ने कारलाई नेपालमा करिब १८ लाख रुपैयाँ तिर्नु पर्छ ।
होन्डा कार इन्डियाले जेएसपी प्लेटफर्म (ब्रियो)मा आधारित भएर नयाँ कम्प्याक्ट स्मल कार निर्माण गर्दै आएको छ । नयाँ कार बजारमा आए पछि बिक्री संख्या ह्वात्तै बढ्ने कम्पनीको अपेक्षा छ । भारतमा होन्डा बिक्री संख्याको आधारमा तेस्रो स्थानका लागि महिन्द्रा एन्ड महिन्द्रासँग प्रतिश्पर्धा गरि रहेको छ ।
नयाँ कार सन् २०१७ भित्र बजारमा ल्याउने कम्पनीको योजना छ । सानो कार ब्रियो भन्दा होचो हुनेछ । भारु चार लाखमा पाइने यो होन्डाको पहिलो कार हुनेछ । यो कारले मारुती सुजुकी वागन आर, सेभ्रोले बीट तथा हुन्डाइ आई टेनसँग प्रतिश्पर्धा गर्नेछ । भारतको कार बजारमा यो सेग्मेन्टको ३० देखि ४० प्रतिशत हिस्सा छ । नेपालमा पनि यहि सेग्मेन्टका कार बढि बिक्री हुन्छन् ।
कम्पनीले प्रस्ताव गरेको एसयुभीले भने फोर्डको इकोस्पोर्ट, महिन्द्राको लन्च हुनेवाला माइक्रो एसयुभी एबं आउँदो बर्ष सडकमा आउने मारुती कम्याप्टसँग प्रतिश्पर्धा गर्नेछ । होन्डा मोटर इन्डियाका प्रमुख योशियुकी मातसूमोटोले साना कार निर्माणमा काम सुरु भइ सकेको बताएका छन् ।

Tata
GBIME
Nepal Life