काठमाडौं।रियल स्टेट क्षेत्रमा एक दशक पूरा गरेको बृहत ग्रुपले प्रिमियम रेजिडेन्सी बनाउने भएको छ।
कम्पनी १० वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा समूहका कार्यकारी अध्यक्ष ओमराज राजभण्डारीले प्रिमियम रेजिडेन्सीमा डिजाइन,निर्माण गुणस्तर,निर्माण सामाग्री र मेन्टिनेन्स फ्रि लगायतको संयोजन हुने बताए।
उनले शहरी पूर्वाधार निर्माणमा लगानी गरेर राष्ट्रको विकास र निर्माणमा सहभागी हुने बताउँदै सबै कामदारलार्इ एउटै छानामुनी गुणस्तरी वातावरणमा आवासको व्यवस्था गरेर साना व्यवसाय संचालन गरिने बताए।राजभण्डारीले सिनियर सिटिजन केयर होमको विकास समेत गर्ने बताए।यही अवसरमा कम्पनीले नेपाल एम्बुलेन्स सर्भिसलार्इ ६ लाख रुपैयाँ दिएको छ भने हस्पिस नेपालको भवनको ड्रइङ डिजाइनको लागत ब्योहोरिदिने भएको छ।
यो समूहमा बृहत इन्भेष्टमेन्ट्स (बीआई), बृहत डेभलपर्स एण्ड बिल्डर्स (बीडीबी), पायोनियर बिल्डर्स एण्ड डेभलपर्स (पीडीबी), बृहतप्रोपर्टी सोलुसन्स (बीपीएस), स्वयम्भू होटल्स एन्ड अपार्टमेन्ट र अन्तरप्रेरणा गरी ६ कम्पनीहरु संचालित छन् ।यी मध्ये बीआईले परियोजना विकास, बीडीबीले निर्माण, पीडीपीले डिजाइन तथा सुपरभिजन, बीपीएसले प्रोपर्टी (घर–जग्गा) विक्री व्यवस्थापन र स्वयम्भु होटल्सले रेन्टल होम÷अपार्टमेन्ट सेवा लगायतको काम गरिरहेको छ ।